देवदह । देवदहमा समृद्धिका लागि सकारात्मक सोंच विषयक कार्यक्रम सम्पन्न भएको छ । शनिबार यहाँस्थित होटल सनलाइटमा भएको उक्त कार्यक्रममा सकारात्मक सोंचका अभियन्ता कर्ण शाक्यको एकल प्रवचन रहेको थियो ।
प्रवचनका क्रममा अभियन्ता शाक्यले हरेक परिस्थिति र घटनामा सकारात्मक सोंचको विकास गर्न सक्ने व्यक्ति नै जिन्दगीमा सफल हुन सक्ने बताएका थिए । शाक्य नेपालमा सर्वाधिक विक्री भएको किताब 'सोंच एउटा आत्मविश्वास…' का लेखक समेत हुन् ।
देवदहमा क्रियाशिल संघ/संस्थाका ३०० बढी प्रतिनिधिहरू सहभागी उक्त कार्यक्रममा लुम्बिनी विश्वविद्यालयका डिन उकेशराज भुजु, देवदह नगरपालिकाका जनप्रतिनिधि, पुर्व जनप्रतिनिधि, तथा नगरपालिकाका कर्मचारीहरूको समेत उपस्तिथि रहेको थियो ।
कार्यक्रम आयोजक संस्था समृद्धिका लागि युवा अभियान नेपालका अध्यक्ष कृष्ण प्रसाद पौडेलको अध्यक्षता एवं स्वागत र सचिव रमेश पोखरेलको संचालनमा सम्पन्न भएको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology