११ वैशाख, काठमाडौ- त्रिदेशीय टी–ट्वान्टी क्रिकेट सिरिजअन्तर्गत आज
उपाधि भिडन्त हुँदैछ ।
नेपाल क्रिकेट संघ, क्यानको आयोजनामा भइरहेको त्रिदेशीय क्रिकेट सिरिजमा उपाधिका लागि नेपाल र नेदरल्याण्ड भिड्दैछन् । खेल त्रिवि क्रिकेट मैदानमा दिउँसो सवा १ बजे सुरु हुने छ ।
घरेलु मैदानमा उपाधिको भोक मेटाउने तयारीमा नेपाल रहेको छ । नेदरल्यान्ड पनि नेपाललाई घरेलु मैदानमा पराजित गर्दै सिरिजको उपाधि जित्न चाहन्छ । तर, उपाधि जित्न दुवै टोलीलाई त्यति सहज भने छैन ।
सिरिजको पहिलो खेलमा नेदरल्यान्डलाई नेपालले ९ विकेटले पराजित गरेको थियो । तर, नेदरल्यान्डसँग सिरिजको दोस्रो खेलमा नेपाल ३ विकेटले पराजित भएको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology