Logo

२०८३, आश्विन १०गते


images
images

प्राकृतिक विपत्ति

भियतनाममा शक्तिशाली आँधी, ५ लाखभन्दा बढीलाई सुरक्षित स्थानमा सारिदै

भियतनाममा शक्तिशाली आँधी, ५ लाखभन्दा बढीलाई सुरक्षित स्थानमा सारिदै

images
  • भियतनाममा शक्तिशाली आँधी, ५ लाखभन्दा बढीलाई सुरक्षित स्थानमा सारिदै
    images
    images

    काठमाडौँ । भियतनाममा शक्तिशाली आँधी काजिकी आएको छ। भियतनामको राष्ट्रिय मौसम विभागका अनुसार यस आँधीको गति प्रतिघण्टा ११८ देखि १३३ किलोमिटरको बीचमा रेकर्ड गरिएको छ । यसका साथै भारी वर्षा, बाढी र पहिरोको खतरा व्यक्त गरिएको छ ।

    images
    images
    images

    सरकारले सावधानीका रूपमा ५ लाख ८६ हजारभन्दा बढी मानिसहरूलाई सुरक्षित स्थानमा पुग्न आदेश दिएको छ । राहत र उद्धार कार्यका लागि हजारौं सैनिकहरूलाई तयार राखिएको छ । धेरै क्षेत्रमा रेल र उडानहरू रोकिएका छन् भने विद्यालयहरू पनि बन्द गरिएका छन् । अधिकारीहरूले यो आँधी गत वर्षको यागी आँधी जत्तिकै शक्तिशाली साबित हुन सक्ने बताइएको छ ।

    images
    images
    images

    यागीले लगभग ३०० जनाको ज्यान लियो र अर्बौंको क्षति पुर्‍याएको थियो ।टाइफुन काजिकी पहिले चीनको हेनान टापु नजिकैबाट गएको थियो, जहाँ दक्षिणी भागहरूमा भारी वर्षा र हावा चलेको देखिएको थियो ।

    images
    images
    images

    अब भियतनामका पूर्वी क्षेत्रहरू यसको प्रत्यक्ष चपेटामा परेका छन् । स्थानीय प्रशासनले मानिसहरूलाई सतर्क रहन अपील गरेको छ र स्थितिको निरन्तर निगरानी भइरहेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।