भालुवाङ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) लुम्बिनी प्रदेशको प्रथम सम्मेलनको बन्द शत्र सुरुभएको छ । बन्द शत्रमा सांगठनिक प्रतिवेदनमाथी छलफल सुरु भएको छ भने अहिले २ बजेबाट मनोनयन दर्ता सुरु हुने निर्वाचन आयोगका प्रदेश सदस्य चक्रब्युह थापाले बताए ।
पार्टी प्रदेश सचिव जगप्रसाद शर्माले प्रस्तुत गरेको सांगठनिक प्रतिबेदनमाथि १२ वटै जिल्लाले छलफल गरेका छन् । जिल्ला संयोजकहरूले प्रतिबेदनमाथि टिप्पणी गर्ने कार्य सुरु भैसकेको छ ।
त्यसैगरी प्रादेशिक समितिमा रहने २५३ मध्य २२८ सदस्यीय समिती हलले चयन गर्ने र बाँकी पछि समनोनीत गर्ने सो पार्टीले जनाएको छ ।
दाङको भालुवाङमा शनिबारदेखि जारी प्रदेश सम्मेलनमा ८ सय ७८ जना प्रतिनिधि रहेका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology