Logo

२०८३, आश्विन ११गते


images
images

आसामविरुद्ध नेपाल ए को फराकिलो जित

आसामविरुद्ध नेपाल ए को फराकिलो जित

images
  • आसामविरुद्ध नेपाल ए को फराकिलो जित
    images
    images

    काठमाडौँ । नेपाल ए क्रिकेट टिमले भारतको आसाम राज्यको टिमलाई दोस्रो खेलमा फराकिलो जित हासिल गरेको छ । शुक्रवार सम्पन्न खेलमा नेपाल ए ले आसाम टिमलाई ९६ रनले पराजित गरेको हो ।

    images
    images
    images

    नेपाल ए ले दिएको १७४ रनको लक्ष्य पछाएको आछाम टिमले १५.२ ओभरमा अल आउट हुदै ७७ रन बनाएको थियो ।

    images
    images
    images

    आसामको ब्याटिंग लाइन ध्वस्त पार्न नेपाल ए का बलर युवराज खत्रीले ४ विकेट लिए भने अहमद बसिरले ३ विकेट लिएका थिए ।

    images
    images
    images

    यसअघि नेपाल ए ले टस जितेर पहिला ब्याटिंग गर्दै २० ओभरमा ७ विकेट गुमाउदै १७३ रन बनाएको थियो ।  नेपाल ए का लागि सन्दीप जोराले सर्बाधिक ३५ रन बनाएका थिए भने देव खनालले ३१, अहमद बसिरले २७, बिबेक यादवले ८ बलमा २५ रन बनाएका थिए । 

    यो जितपछि नेपालले ५ खेलको सिरिजमा कमब्याक गर्दै १-१ को बराबरी गरेको छ । यस अघि बर्षाले प्रभावित पहिलो खेल आसामले जितेको थियो । अब तेस्रो खेल भोली खेल्ने तालिका रहेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # आसाम
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।