काठमाडौँ । नेपाल ए क्रिकेट टिमले आसाम राज्यलाई २०९ रनको लक्ष्य दिएको छ ।
जारी सिरिजको अन्तिम तथा निर्णायक खेलमा नेपालले टस जितेर पहिला ब्याटिंग गर्दै २० ओभरमा ५ विकेट गुमाउदै २०८ रन बनाएको हो । नेपाल ए का लागि सन्दीप जोराले सर्बाधिक ६४ रन बनाएका थिए भने शुभ कंसाकारले ४२ रन बनाएका थिए ।
त्यस्तै इशान पाण्डेले ३२ रन बनाए भने मोहमद आदील आलमले ११ बलमा २५ रन बनाए भने अनिल शाहले ११ रन बनाएका थिए ।
५ खेलको सिरिजमा दुवै टिमले २-२ खेल जितेकाले यो खेलको विजेताले सिरिज जित्ने छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology