Logo

२०८३, आश्विन १०गते


images
images

लुम्बिनीमा माओवादीको २२७ सदस्यीय प्रदेश कमिटी चयन, पदाधिकारीको टुंगो भोलि लाग्ने

लुम्बिनीमा माओवादीको २२७ सदस्यीय प्रदेश कमिटी चयन, पदाधिकारीको टुंगो भोलि लाग्ने

images
  • लुम्बिनीमा माओवादीको  २२७ सदस्यीय प्रदेश कमिटी चयन, पदाधिकारीको टुंगो भोलि लाग्ने
    images
    images

    भालुवाङ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) लुम्बिनी प्रदेशको प्रथम सम्मेलनले २ सय २७ सदस्यीय नयाँ प्रदेश कमिटी चयन गरेको छ । शनिबार र आइतबार दाङको भालुवाङमा सम्पन्न सम्मेलनले सर्वसम्मत नयाँ प्रदेश कमिटी चयन गरेको हो ।

    images
    images
    images

     

    images
    images
    images

    प्रदेश कमिटी चयन गरेपनि सम्मेलनले पदाधिकारी भने चयन गर्न सकेको छैन । निर्वाचित कमिटीको प्रथम बैठकले सोमबार बिहान पदाधिकारी चयन गर्ने माओवादी नेता तथा बामदेव क्षेत्रीले बताए । 'हाम्रो प्रक्रिया पहिले कमिटी चयन गर्ने र उक्त कमिटीले रपदाधिकारी चयन गर्ने छ, भोलि बिहान निर्वाचित कमिटिको मिटिङ्गले पदाधिकारी टुंग्याउने छ' - क्षेत्रीले भने ।

    images
    images
    images

     

    निर्वाचित कमिटीमा रुपन्देहीबाट नारायण जिसी 'निर्मल', रेशम रसाइली, रिज्जु श्रेष्ठ, रविन्द्र विक (सुजित), तिर बहादुर रोका, दिपा विक, हिरा केवट, पुष्पराज ढकाल लगायत २५ जना नेताहरू प्रदेश कमिटीमा चयन भएका छन् ।

    कुल २५३ प्रदेश समितिमा बाँकी रहेका सदस्यहरू प्रदेश कमिटीले मनोनयन गर्ने सो पार्टीले जनाएको छ  ।


     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।