भालुवाङ्ग । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र लुम्बिनी प्रदेशको प्रथम सम्मेलन पदाधिकारी चयन नगरी सकिएको छ । शनिबार र आइतबार भालुवाङमा सम्पन्न हुने सम्मेलन सोमबारसम्म लम्बाईएपनि पदाधिकारी चयन हुन सकेनन् ।
लुम्बिनी प्रदेशका १२ जिल्लाबाट झन्डै ९ सय प्रतिनिधिको बिचमा सम्पन्न सम्मेलनले २१६ सदस्यीय समिति चयन गरेपनि उक्त समितिबाट पदाधिकारीको चयन गर्न भने माओवादी नेताहरूलाई सकस पर्यो । पदाधिकारीमा आंकाक्षीहरूको संख्या बढि भएकोले तत्काललाई टुङ्याउन नसकिएको सम्मेलनमा सहभागी एक नेताले भने । तर अवस्था भने त्यस्तो नभएको बुझिएको छ । स्रोतका अनुसार पदाधिकारी चयनमा प्रदेशमा रहेका केन्द्रिय सदस्यहरूविच स्वार्थ बाँझिदा नेतृत्व चयन बिना नै सम्मेलन सम्पन्न गरिएको हो ।
नेतृत्व चयनविनै सम्मेलनबाट फर्किनुपर्दा मन खिन्न भएको सहभागी प्रतिनिधिहरू बताउँछन् । रोल्पाबाट प्रतिनिधि भएर आएका एक माओवादी नेताले नेतृत्वको पारा देख्दा आफुलाई वाक्क लागेको बताए ।
माओवादी केन्द्रको प्रदेश कमिटीमा एक अध्यक्ष, ३ उपाध्यक्ष, १ सचीव, ३ सहसचिव र १ कोषाध्यक्ष रहने व्यवस्था छ । कुल २५३ सदस्यीय समितिमामा वाँकी रहेका सदस्य पछि मनोनयन गर्ने सो पार्टीले जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology