Logo

२०८३, आश्विन १०गते


images
images

पारुबीय हत्या प्रकरण

युक्रेनी नेता आन्द्रिय पारुबीयको हत्या गर्ने अभियुक्त पक्राउ

युक्रेनी नेता आन्द्रिय पारुबीयको हत्या गर्ने अभियुक्त पक्राउ

images
  • युक्रेनी नेता आन्द्रिय पारुबीयको हत्या गर्ने अभियुक्त पक्राउ
    images
    images

    काठमाडौँ । युक्रेनका पूर्व संसदीय अध्यक्ष तथा चर्चित नेता आन्द्रिय पारुबीयको हत्या प्रकरणमा संलग्न व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले सोमबार बिहान पक्राउको पुष्टि गरेका हुन् ।

    images
    images
    images

    ५४ वर्षीय पारुबीयलाई शनिबार ल्भिभमा ‘कुरियर’ बनेर आएको व्यक्तिले सडकमै गोली हानी हत्या गरेको थियो । गृहमन्त्री इगोर क्लिमेन्कोका अनुसार खमेल्नित्स्की क्षेत्रमा अभियुक्त पक्राउ गरिएको हो । प्रारम्भिक अनुसन्धानमा घटना योजनाबद्ध भएको देखिएको छ ।

    images
    images
    images

    स्रोतका अनुसार आक्रमणकारीले ‘Glovo’ कम्पनीको कामदार जस्तै पोशाक लगाएका थिए । कम्पनीले घटनाप्रति दुःख व्यक्त गर्दै अनुसन्धानमा पूर्ण सहयोग गर्ने जनाएको छ ।

    images
    images
    images

    पारुबीय अप्रिल २०१६ देखि अगस्ट २०१९ सम्म संसदका सभामुख थिए । उनले युरोमैदान आन्दोलनमा सक्रिय नेतृत्व गरेका थिए ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # आन्द्रिय पारुबीय
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।