Logo

२०८३, आश्विन ११गते


images
images

क्रिकेट

अस्ट्रेलियाका फास्ट बलर स्टार्कको टी-२० अन्तर्राष्ट्रियबाट सन्यास

अस्ट्रेलियाका फास्ट बलर स्टार्कको टी-२० अन्तर्राष्ट्रियबाट सन्यास

images
  • अस्ट्रेलियाका फास्ट बलर स्टार्कको टी-२० अन्तर्राष्ट्रियबाट सन्यास
    images
    images

    काठमाडौँ । अस्ट्रेलियाका फास्ट बलर मिचेल स्टार्कले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । ३५ वर्षीय स्टार्कले २०२७ मा हुने टेस्ट र एकदिवसीय विश्वकपमा ध्यान केन्द्रित गर्न यो निर्णय लिएको बताएका छन् । उनले २०२४ मा हुने विश्वकपमा आफ्नो अन्तिम टी-२० खेल खेलेका थिए ।

    images
    images
    images

    स्टार्कले ६५ टी-२० अन्तर्राष्ट्रिय खेल खेले, जसमा उनले ७९ विकेट लिएका छन् । उनी अस्ट्रेलियाका लागि टी-२० मा दोस्रो सर्वाधिक विकेट लिने बलर हुन् । स्टार्क २०२१ मा युएईमा भएको टी-२० विश्वकप जित्ने अस्ट्रेलियाली टोलीको हिस्सा थिए ।

    images
    images
    images

    स्टार्कले टेस्ट क्रिकेट सधैं उनको पहिलो प्राथमिकता रहेकोबताएका छन् । २०२६ मा अस्ट्रेलियाको टेस्ट तालिका निकै व्यस्त छ, जसमा बंगलादेश विरुद्धको घरेलु शृंखला, दक्षिण अफ्रिका भ्रमण, न्युजिल्याण्ड विरुद्धको चार टेस्ट शृंखला, जनवरी २०२७ मा भारतमा पाँच टेस्ट, मेलबर्नमा इङ्गल्याण्ड विरुद्धको विशेष १५०औं वार्षिकोत्सव टेस्ट, र त्यसपछि २०२७ मा इङ्गल्याण्डमा एशेज सिरिज समावेश छ ।

    images
    images
    images

    यसका साथै, अक्टोबर-नोभेम्बर २०२७ मा दक्षिण अफ्रिका, जिम्बाब्वे र नामिबियामा एकदिवसीय विश्वकप हुनेछ, जसमा अस्ट्रेलिया डिफेन्डिङ च्याम्पियनको रूपमा प्रवेश गर्नेछ ।

    स्टार्कले भने, भारतमा टेस्ट भ्रमण, एशेज र २०२७ को एकदिवसीय विश्वकपलाई ध्यानमा राख्दै, यो निर्णयले मलाई यी ठूला प्रतियोगिताहरूको लागि ताजा र फिट रहन मद्दत गर्नेछ । साथै, यसले नयाँ बलिङ युनिटलाई अर्को टी-२० विश्वकपको लागि तयारी गर्न समय दिनेछ ।

    छनोट समितिका अध्यक्ष जर्ज बेलीले स्टार्कको टी-२० करियरको प्रशंसा गर्दै भने, मिचेललाई आफ्नो टी-२० करियरमा गर्व गर्नुपर्छ । उनी २०२१ को विश्वकप जित्ने टोलीको एक महत्वपूर्ण हिस्सा थिए । उनको विकेट लिने क्षमताले धेरै पटक खेलको मोड उल्टाइदियो । यो खुशीको कुरा छ की उनी टेस्ट र एकदिवसीय क्रिकेटमा लामो समयसम्म खेल्न चाहन्छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # स्टार्क
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।