Logo

२०८३, आश्विन १२गते


images
images

ताेरीमा देखियाे अज्ञात राेग

ताेरीमा देखियाे अज्ञात राेग

images
  • ताेरीमा देखियाे अज्ञात राेग
    images
    images

    कृष्ण अन्जान, रुरु । किसानहरुका बारिहरुमा यतिबेला कतै पहेँलपुर ताेरी फुलेका छन त कतै ताेरी पाक्ने बेला पनि भएकाे छ । रुरुक्षेत्र गाउँ पालिका र यस वरिपरिका गाउँहरुमा पाक्ने अवस्थामा पुगेकाे ताेरीमा अज्ञात राेग देखिएपछि किसान हरु चिन्तित छन ।

    images
    images
    images

    रुरुक्षेत्र १ स्यालपाेखरी नजिकै कृष्ण ज्ञवालीकाे ताेरीमा मँशिरकाे चौथाेहप्ता देखि याे राेग देखिएकाे छ । पाक्ने बेलाकाे ताेरीका काेसा ढुडि लागेर फुलिएझैँ भएका छन र बारीका ताेरीकाे केही भागमा याे अज्ञात राेगलागेकाे देखिएकाे छ ।
    गाउँका जानकारहरु सँग कुरा गर्दा तुषाराेले ताेरी खाएकाे हाे भन्छन खै के हाे जानिएन ज्ञवालीले भने ।

    images
    images
    images


    तानसेन नगरपालिका वडा न १४ कुसेनिका कृषक कृष्ण घिमिरेकाे बारिकाे ताेरीमा पनि लपक्कै राेग लागेकाे उनकाे भनाई छ । असौजमा ताेरी छरेपछि पानी आयाे ताेरी राम्रै थियाे तर पाक्ने बेलामा के राेग लाग्याे राम्ररी ताेरि स्याहार्न नपाईने भयाे कृषक घिमिरेले भने ।

    images
    images
    images


    रुरुक्षेत्र भित्रकाे थाेर्गा भट्कुवा झमादी वखलढुँगा ग्वादि बम्घा लगाएत पाल्पाकाे कुसेनी क्षेत्रमा भदौमा मकै भाँचे पछि बाँझो जाेताएर ताेरी छर्ने गरिन्छ । बारीमा आज भाेली गहुँ नछरेर ताेरी छर्ने पुषकाे दाेस्राे हप्ताबाट ताेरी छिन्ने ठटाउने सुकाउने काम हुन्छ भने वर्ष भरि यहि ताेरीकाे तेलकाे भुटन गर्ने लैना भैँसिलाई गाई गाेरु राँगा पाडालाई  तेल खुवाउने बुढा बा आमाका गाेडा घस्ने र केटाकेटिलाई पनि तेल घसिदिने गरिन्छ ।


    यसैगरि ताेरीकाे खलि गाई भैसिलाई यतिबेला तेलकाे अनियन्त्रित बढिरहँदा दैनिक उपयाेगका लागि ताेरीकाे उत्पादनमा याे क्षेत्रका किसान आकर्षित छन । ताेरीकाे खलि साग सब्जि बिरुवा हरुमा हाल्दा कम्पाेष्ट मलकाे काम गर्ने र गाई भैँसिलाई कुँडाेमा हालेर पनि खलि खुवाउने गरिन्छ भने गाउँघर तिर त आजभाेली पनि ताेरिकाे खलिले नुहाउने चलन छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # अज्ञात राेग
  • # ताेरी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।