Logo

२०८३, श्रावण २७गते


images
images

यस्तो छ प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङ्गको जीवनी

यस्तो छ प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङ्गको जीवनी

images
  • यस्तो छ प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङ्गको जीवनी
    images
    images

    काठमाडौँ । प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्ग नेपाल प्रहरीको ३२औं प्रहरी महानिरीक्षक पदमा पदोन्नति भएका छन् । नेपाल सरकार मन्त्रिपरिषद्को २०८२ भदौ १३ गतेको निर्णयअनुसार उनी नेपाल प्रहरीको सर्वोच्च पद प्रहरी महानिरीक्षकमा पदोन्नति भएका हुन् ।

    images
    images
    images

    तेह्रथुम जिल्लाको साविक मोराहाङ-५ हाल मेन्छयायेम गाउँपालिका वडा नम्बर ६ मा पिता ललित बहादुर खापुङ्ग र माता गंगामाया खापुङ्गको कोखबाट वि.सं. २०२७ मंसिर २३ गते जन्मिएका प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गका श्रीमती भावना श्रेष्ठ खापुङ्ग र २ छोराहरू छन् ।

    images
    images
    images

    प्रहरी महानिरीक्षक खापुङ्गले वि.सं. २०५२ कात्तिक २७ गते प्रहरी निरीक्षक पदबाट नेपाल प्रहरी सेवा प्रारम्भ गरेका थिए । प्रहरी सेवामा साहसी प्रहरी अधिकृतको रूपमा पहिचान बनाएका प्रहरी महानिरीक्षक खापुङ्ग २०६४ साउन १ गते प्रहरी नायव उपरीक्षक, २०७३ पुस १३ गते प्रहरी उपरीक्षक, २०७७ वैशाख १७ गते प्रहरी वरिष्ठ उपरीक्षक, २०८० वैशाख ६ गते प्रहरी नायव महानिरीक्षक र २०८२ वैशाख ११ गते प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति भएका थिए ।

    images
    images
    images

    मास्टर अफ आर्ट ईन जेन्डर स्टडिजमा स्नातकोत्तर गरेका प्रहरी महानिरीक्षक खापुङ्गले उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम, प्रोग्राम अन क्यापासिटी बिल्डिङ फर क्राइम प्रिभेन्सन् स्ट्राटेजी डेभलपमेन्ट, एसिया रिजन ल इन्फोर्समेन्ट मेनेजमेन्ट प्रोग्राम, एड्भान्स्ड कोर्ष अन मेनेजमेन्ट एण्ड डेभलपमेन्ट, स्ट्याबिलिटी पुलिस युनिट हाई लेभल कोर्ष, बेसिक इन्टेलिजेन्स ट्रेनिङ, ईन्भेस्टिगेटिभ ईन्टरभ्यु ट्रेनिङ कोर्ष, वर्कसप अन चिल्ड्रेन ईन आर्म्ड कन्फ्लिक्ट, अपराध अनुसन्धान लगायत विभिन्न १४ वटा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तालिम हासिल गरेका छन् ।

    प्रहरी महानिरीक्षक खापुङ्ग प्रवल जनसेवा श्री र गद्दी आरोहण रजत पदक लगायतका विभूषणबाट विभूषित छन् । यसैगरी उनले उत्कृष्ट व्यावसायिक कार्य सम्पादन गरेबापत ग्रेड थप तथा विभिन्न समयमा नगद पुरस्कार प्राप्त गर्नुको साथै विभिन्न प्रशंसापत्रद्वारा सम्मानित भएका छन् । 

    अब्बल एवम् कुशल नेतृत्त्वदायी भूमिकामा रहने प्रहरी महानिरीक्षक खापुङ्गले प्रहरी निरीक्षक र प्रहरी नायव उपरीक्षक हुँदा जिल्ला प्रहरी कार्यालय म्याग्दी, सशस्त्र प्रहरी गण नम्बर २, जिल्ला प्रहरी कार्यालय सिन्धुली, जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक, जिल्ला प्रहरी कार्यालय मोरङ, इलाका प्रहरी कार्यालय बेलबारी, महानगरीय प्रहरी परिसर काठमाडौं, सशस्त्र प्रहरी गण मुख्यालय नेपालगंज बाँके, उपत्यका अपराध अनुसन्धान समूह काठमाडौं, अञ्चल प्रहरी कार्यालय धौलागिरी, महानगरीय प्रहरी वृत चापागाउँ ललितपुर, प्रहरी प्रधान कार्यालय सुरक्षा सेवा निर्देशनालय, इलाका प्रहरी कार्यालय धरान सुनसरी, महानगरीय प्रहरी वृत्त दरबारमार्ग, प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग, महानगरीय सुरक्षा प्रहरी गण सिंहदरबार, महानगरीय प्रहरी पहरा गण मुख्यालय सामाखुसी काठमाडौं, प्रहरी प्रधान कार्यालय प्रशासन विभाग लगायतका युनिटमा खटिएर जिम्मेवारी पूरा गरेका थिए ।

    प्रहरी उपरीक्षक भएपछि महानगरीय प्रहरी कार्यालय रानीपोखरी काठमाडौं अन्वेषण योजना तथा विकास शाखा, जिल्ला प्रहरी कार्यालय बागलुङ, प्रहरी प्रधान कार्यालय प्रशासन विभाग तथा प्रहरी प्रधान कार्यालय विशेष ब्यूरोमा आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेका थिए ।

    प्रहरी वरिष्ठ उपरीक्षक भएपछि उनले प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग भर्ना छनौट महाशाखा, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग र नेपाल प्रहरी प्रदेश कार्यालय काभ्रेमा जिम्मेवारी निर्वाह गरेका थिए । प्रहरी नायव महानिरीक्षकमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग प्रहरी महाशाखा टंगाल र कोशी प्रदेश प्रहरी कार्यालयको कमाण्ड  गरेका खापुङ्ग २०८२ वैशाख ११ मा प्रहरी अतिरिक्त महानिरीक्षकमा पदोन्नति भएका हुन् । प्रहरी अतिरिक्त महानिरीक्षकमा उनले केन्द्रीय अनुसन्धान ब्यूरो लाजिम्पाटको कमाण्ड समेत गरेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # प्रहरी महानिरीक्षक
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।