Logo

२०८३, आश्विन ९गते


images
images

प्रविधि

वर्ल्ड लिंकले भन्यो - दर्ता नभएका सामाजिक सञ्जाल प्लेटफर्म निर्देशन अनुसार बन्द गर्यौं

वर्ल्ड लिंकले भन्यो - दर्ता नभएका सामाजिक सञ्जाल प्लेटफर्म निर्देशन अनुसार बन्द गर्यौं

images
  • वर्ल्ड लिंकले भन्यो - दर्ता नभएका सामाजिक सञ्जाल प्लेटफर्म निर्देशन अनुसार बन्द गर्यौं
    images
    images

    काठमाडौँ । इन्टरनेट सेवा प्रदायक कम्पनि वर्ल्ड लिंकले दर्ता नभएका सामाजिक सञ्जाल प्लेटफर्म बन्द गरेको जानकारी दिएको छ ।

    images
    images
    images

    वर्ल्ड लिंकले एक सूचना जारी गर्दै नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशनमा वर्ल्डलिंकको इन्टरनेट सेवामार्फत नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल प्लेटफर्महरू अब प्रयोग गर्न नसकिने जानकारी गराएको छ ।

    images
    images
    images

    वर्ल्ड लिंकले भनेको छ:

    images
    images
    images

    नेपाल दूरसञ्चार प्राधिकरणले सम्मानित सर्वोच्च अदालतको आदेश, नेपाल सरकार मन्त्रिपरिषद्को भदौ ९, २०८२ को निर्णय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको भदौ १२, २०८२ को मन्त्रालयस्तरीय बैठकको निर्णय तथा सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशनिका, २०८० अनुसार नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल प्लेटफर्महरू नियमन गर्नका लागि हाम्रो कम्पनीलाई निर्देशन प्राप्त भएको छ । यसअनुसार, वर्ल्डलिंकको इन्टरनेट सेवामार्फत नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल प्लेटफर्महरू अब प्रयोग गर्न नसकिने जानकारी गराउँदछौं । यसले गर्दा तपाईंले केही सामाजिक सञ्जाल प्लेटफर्महरू प्रयोग गर्न असुविधा हुन सक्छ। यसबाट पर्न जाने असुविधाप्रति हामी क्षमाप्रार्थी छौं ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।