Logo

२०८३, आश्विन १०गते


images
images

ट्रम्पको चेतावनी

भेनेजुएलालाई ट्रम्पको चेतावनी

भेनेजुएलालाई ट्रम्पको चेतावनी

images
  • भेनेजुएलालाई ट्रम्पको चेतावनी
    images
    images

    काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलालाई चेतावनी दिएका छन् ।  ट्रम्पले भेनेजुएलाका लडाकु विमानहरूले अमेरिकी नौसेना जहाजहरूमाथि उडान गरेमा गोली हानेर खसाल्ने चेतावनी दिएका हुन् ।

    images
    images
    images

    भेनेजुएलाले दक्षिण अमेरिका नजिकै अमेरिकी जहाज नजिक लगातार दुई दिनसम्म सैन्य विमानहरू उडाएको अमेरिकी मिडियाहरुले उल्लेख गरेका छन् । त्यसपछि ट्रम्पको यस्तो बयान आएको हो ।

    images
    images
    images

    भेनेजुएलाबाट आउँदै गरेको जहाजमा लागूपदार्थ ल्याइँदै गरेको केही रिपोर्ट आएपछि अमेरिकी सेनाले आक्रमण गरेपछि सो जहाजमा रहेका ११ जनाको मृत्यु भएपछि दुवै देशबीच तनाव बढेको छ ।

    images
    images
    images

    भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले अमेरिकाले आफ्नो देशमाथि लगाएको आरोप सही नभएको बताएका छन् । ह्वाइट हाउसले शुक्रबार अमेरिकाले प्युर्टो रिकोमा १० वटा एफ-३५ लडाकु विमानहरू पठाउने बताएको छ ।

    ट्रम्प लामो समयदेखि मादुरोको आलोचक रहेका छन् । अगस्टमा, अमेरिकी राष्ट्रपतिले भेनेजुएलाका राष्ट्रपतिलाई पक्राउ गर्न नेतृत्व गर्ने जानकारीको लागि पुरस्कार दोब्बर गरेर ५ करोड डलर पुर्‍याएका थिए ।

    उनले मादुरोलाई 'विश्वको सबैभन्दा ठूलो लागूऔषध तस्कर मध्ये एक' भएको आरोप लगाएका थिए ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # ट्रम्पको चेतावनी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।