काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु गरिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले बुधवार अपराहन्नदेखि विमानस्थल सुचारु गरिएको जानकारी दिएको हो ।
यसअघि मंगलवार दिनको साढे २ बजेदेखि देशभर निषेधाज्ञा र कर्फ्यू जारी भएका कारण उपत्यका भित्र विषम परिस्थितिले विमानस्थल वरपर विमान उडान अवतरण मार्गमा देखिएको धुँवा लगायतले विमानको सुरक्षामा गम्भीर असरपर्न सक्ने भएकाले अर्को सुचना नभएसम्म विमानस्थल बन्द गरिएको थियो ।
कार्यालयले यात्रुहरुलाई हवाई उडान कम्पनिसँग सम्पर्क गर्न र विमानस्थल आवतजावत गर्दा आधिकारिक हवाई तिक्त र परिचय खुल्ने कागजात साथमा लिएर आउन आग्रह गरेको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology