कृष्ण अन्जान,कास्की। देशैभरि आक्रामक रुपमा पार्टी तथा जनवर्गीय सँगठनहरुकाे सँगठन विस्तारमा जुटेकाे नेकपा एमालेले पाेखरा महानगर पालिका वडा न १९ लामाचौरमा राष्ट्रिय युवा सँघकाे युवा भेलाकाे आयाेजना गरि सँगठन निर्माण गरेकाे छ ।
पुरन्चौरमा आयाेजित राष्ट्रिय युवा सँघकाे भेलामा सँघका पुर्व केन्द्रीय उपाध्यक्ष समेत रहेका एमाले नेता माधव वास्ताेलाले मुलुककाे समग्र रुपान्तरण युवाहरुकाे काँधमा रहेकाले युवाहरु रचनात्मक हुनुपर्ने बताउनु भयाे ।
पार्टीले अघि सारेकाे समृद्धि नेपाल र शुखि नेपालीकाे नारा सँग समाहित हुँदै राष्ट्रिय युवा सँघले विकास र समृद्धिका लागि रचनात्मक बन्दै ढिलाशुस्ती भ्रष्टाचार र अनियमतताका विरुद्धमा निगरानी समेत गर्नु पर्ने बताउनु भयाे ।
अधिवेशनमा शुभकामना व्यक्त गर्दै पाेखरा महानगर पालिका वडा १९ का वडाध्यक्ष समेत रहेका नेकपा एमाले गण्डकी प्रदेश कमिटी सदस्य शाेभा माेहन पौडेलले अनुशासन र गतिशिलता युवाहरूको गहना भएका बताउनु हुँदै सामाजिक परिवर्तन र विकासमा युवाहरुकाे ध्यान जानू पर्ने बताउनु भयाे ।
कार्यक्रममा बाेल्दै नेकपा एमालेका नेता दिपक पौडेलले राजनीतिक र सैद्धान्तिक चेतनाले युवाहरुलाई रचनात्मक बनाउने धारणा राख्नु भयाे । अधिवेशनमा आफ्नाे बिचार राख्दै राष्ट्रिय युवा सँघका केन्द्रीय सचिव महेन्द्र गुरुँगले युवा सँग राष्ट्र राष्ट्रियता र जनजिविका प्रति गम्भीर रहेकाे बताउनु हुँदै हरेक राम्रा काम युवा सँघले गर्दै आईरहेकाे ठाेकुवा गर्नु भयाे ।
राष्ट्रिय युवा सँघ पाेखरा महानगर पालिका वाड न १९ अध्यक्ष नवराज केशिकाे अध्यक्षतामा भएकाे अधिवेशनमा युवा सँघका केन्द्रीय सदस्यहरु पान बहादुर जिसि उमाराज बास्ताेला विकास गौतम लक्ष्मि अधिकारी नेकपा एमाले वडा न १९ का अध्यक्ष विष्णु प्रसाद गौतम र एमाले जिल्ला सदस्य नवीन भण्डारी लगाएतले शुभकामना दिनु भएकाे थियाे ।कार्यक्रम सन्चालन सचिव बिनाेद भुजेल र स्वागत अर्जुन ढुंगानाले गर्नु भएकाे थियाे ।
अधिवेशनले नवराज केशिकाे अध्यक्षतामा ४७ सदस्यीय वडा कमिटी गठन गरेकाे छ । कमिटीकाे उपाध्यक्षमा राम आचार्य सचिवमा विनाेद भुजेल उपसचिव द्दयमा सचिन केशि र गिता गिरी र काेषाध्यक्षमा कुशल राना चयन भएका छन भने सदस्य ४१ जना रहेका छन ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology