Logo

२०८३, आश्विन १०गते


images
images

निर्भीक उद्योगी

नयाँ पुस्ताको सपना पुरा होस्, म विचलित भएको छैन : शेखर गोल्छा

नयाँ पुस्ताको सपना पुरा होस्, म विचलित भएको छैन : शेखर गोल्छा

images
  • नयाँ पुस्ताको सपना पुरा होस्, म विचलित भएको छैन : शेखर गोल्छा
    images
    images

    काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष एवं उद्योगी शेखर गोल्छाले जेनजीले गरेको प्रर्दशनका क्रममा आफ्नो उद्योग र निजी निवासमा आगलागी तथा तोडफोड भएपनि आफू निराश र बिचलित नभएको बताएका छन् । 

    images
    images
    images

    सामाजिक सञ्जालमा लेख्दै गोल्छाले आफू र आफ्नो परिवार विचलित नभएको बताउदै देशमा सरकारात्मक परिवर्तनसहित नयाँ पुस्ताले देखेको सपना पूरा होस् भन्ने उनले कामना गरेका छन् ।

    images
    images
    images

    उनले भनेका छन्- 

    images
    images
    images

    देशमा सकारात्मक परिवर्तन सहित नयाँ पुस्ताले देखेको नयाँ नेपालको सपना पुरा होस् । केहि व्यवसायी माथि भएको विभत्स आक्रमणबाट हाम्रो परिवार पनि प्रभावित भयो तर म र मेरो परिवार निरास वा विचलित भएको छैन । आजको सुनौलो विहानीसँगै देश सकारात्मक दिशातर्फ अघि बढोस्, लोकतन्त्र अझै सुदृढ होस् भन्ने कामनासहित हामी पनि अझै सशक्त रूपमा रोजगारी सिर्जना गर्न र लगानी गर्न प्रतिवद्ध रहेको विश्वास दिलाउन चाहन्छु । अन्धकार पछिको उज्यालोले हामी सबै नेपालीलाई सद्भाव र एकता कायम गर्न अझै बल मिलोस् । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # शेखर गोल्छा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।