काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुदैछन् ।
आज अपराहन्न साढे १२ बजेदेखि हुने खेलमा काठमाडौँ गोर्खाज र सुदूरपश्चिम रोयल्स आमने सामने हुदैछन् ।
जारी प्रतियोगितामा काठमाडौँ गोर्खाजले ५ खेलमा ४ जित र एक हारसहित ८ अंक हासिल गर्दै दोस्रो स्थानमा रहेको छ भने सुदुरपश्चिम रोयल्सले ६ खेलमा ४ जितसहित ८ अंक हासिल गरेको छ । रनरेटका आधारमा सुदूरपश्चिम तेस्रो स्थानमा रहेको छ । सुदूरपश्चिमको यो लिग चरणको अन्तिम खेल रहेको छ ।
त्यसैगरी आजै हुने दोस्रो खेलमा चितवन राइनोज र जनकपुर बोल्ट्स भिड्दैछन् । चितवन राइनोजले ५ खेलमा ५ अंक हासिल गरेको छ हाल पाँचौ स्थानमा रहेको छ ।
त्यस्तै जनकपुर बोल्ट्सले भने ६ खेलमा ४ अंक हासिल गरेको छ । जनकपुर बोल्ट्सको यो लिग चरणको अन्तिम खेल समेत हो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology