काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज एक खेल हुदै छ ।
आज साँझ ५ बजेदेखि हुने खेलमा जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्स आमने सामने हुदैछन् ।
जारी प्रतियोगितामा जनकपुर बोल्ट्सले ५ खेलमा २ जित र ३ हार बेहोरेको छ र ४ अंकसहित पाँचौं स्थानमा रहेको छ ।
त्यस्तै सुदूरपश्चिम रोयल्सले ५ खेलमा ३ जित र २ हारसहित ६ अंक हासिल गर्दै तेस्रो स्थानमा रहेको छ । दुवैका लागि प्लेअफमा पुग्न शिर्ष चारमा रहन आजको खेल महत्वपूर्ण रहेको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology