Logo

२०८३, कार्तिक २६गते


images
images

एनपीएलमा २१ खेलपछि कस्तो छ अंक तालिका ?

एनपीएलमा २१ खेलपछि कस्तो छ अंक तालिका ?

images
  • एनपीएलमा २१ खेलपछि कस्तो छ अंक तालिका ?
    images

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा २१ खेल सम्पन्न हुँदा काठमाडौं गोर्खाज अंकतालिकाको शीर्ष स्थानमा रहेको छ । सुदूरपश्चिम रोयल्स दोस्रो र लुम्बिनी लायन्स तेस्रो स्थानमा छन् ।

    images
    images
    images

    काठमाडौंले खेलेका पाँचमध्ये चार खेलमा जित र एकमा हार बेहोर्दै ८ अंक जोडेको छ । समान ८ अंक रहेको सुदूरपश्चिमले भने ६ खेल खेल्दा चार जित र दुई हार बेहोरेको छ । नेट रनरेटका आधारमा काठमाडौं शीर्ष स्थानमा रहेको हो ।

    images
    images
    images

    तीन जित, एक हार र एक खेल नतिजाविहीन हुँदा ७ अंक जोडेको लुम्बिनी लायन्स तेस्रो स्थानमा छ । लुम्बिनीको नेट रनरेट १.५०१ रहेको छ ।

    images
    images

    त्यस्तै, चितवन राइनोज ५ अंकसहित चौथो स्थानमा छ । जनकपुर बोल्ट्स, विराटनगर किङ्स र कर्णाली याक्स समान ४ अंकसहित क्रमशः पाँचौँ, छैटौँ र सातौँ स्थानमा छन् ।

    पोखरा एभेन्जर्स भने पाँच खेलमा एक जित र चार हारसहित २ अंक जोडेर अंकतालिकाको अन्तिम स्थानमा रहेको छ ।

    २१ खेलपछि काठमाडौं र सुदूरपश्चिमबीच शीर्ष स्थानका लागि प्रतिस्पर्धा देखिएको छ भने समान ४ अंक भएका जनकपुर, विराटनगर र कर्णालीबीच पनि स्थान सुधार्ने होड रहेको छ ।

    त्यस्तै पोखराका लागि भने प्लेअफको सम्भावना कमजोर देखिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।