Logo

२०८३, आश्विन १०गते


images
images

लुम्बिनीका मन्त्री हमाल र मुख्यमन्त्री बन्ने सहमतिमा परेका कनौडिया पराजित

लुम्बिनीका मन्त्री हमाल र मुख्यमन्त्री बन्ने सहमतिमा परेका कनौडिया पराजित

images
  • लुम्बिनीका मन्त्री  हमाल  र मुख्यमन्त्री बन्ने सहमतिमा परेका कनौडिया पराजित
    images
    images

    रुपन्देही । लुम्बिनी प्रदेशका वन, वातावरण तथा भूसंरक्षणमन्त्री सुरेन्द्र हमाल कांग्रेस केन्द्रीय सदस्यमा पराजित भएका छन् । पार्टीको १४औं राष्ट्रिय महाधिवेशनअन्तर्गत भएको चुनावमा उनी संस्थापन समूहबाट केन्द्रीय सदस्यको उम्मेदवार बनेका थिए । उनले १२०३ मत मात्र पाएका छन् ।

    images
    images
    images

    सुरेन्द्रसँगै नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलका नेता वीरेन्द्रप्रसाद कनौडिया पनि केन्द्रीय सदस्यमा पराजित भएका छन् । साउन अन्तिममा लुम्बिनी प्रदेशमा एमालेविरुद्धको गठबन्धन दलको भागवण्डामा ८ महिनापछि मुख्यमन्त्री बन्ने सहमतिमा परेका कनौडिया पनि देउवा समूहबाट उम्मेदवार थिए । 

    images
    images
    images

    कांग्रेसको केन्द्रीय सदस्य (खुलातर्फ) उठेका उनी तोकिएको संख्या ३५ भित्र पर्न असफल भएका हुन् । कनौडियाले १५१९ मत ल्याएका थिए । संस्थापन समूहका धेरै नेताहरु निर्वाचित हुँदा पनि कनौडिया र हमाल देउवा प्यानलबाट पराजित भएका हुन् । 

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।