काठमाडौँ । भारतले नेपालमा सुशीला कार्कीको नेतृत्वमा बनेको अन्तरिम सरकार गठनको स्वागत गरेको छ ।
भारतीय विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै अन्तरिम सरकार नेपालको शान्ति र स्थिरतामा सहायक बन्ने विश्वास व्यक्त गरेको छ । विज्ञप्तिमा भनिएको छ, “हामी सम्माननीय श्रीमती सुशीला कार्कीको नेतृत्वमा नयाँ अन्तरिम सरकार गठनको स्वागत गर्दछौं । यसले शान्ति र स्थिरतालाई बढावा दिनेमा हामी आशावादी छौं ।”
भारतले नजिकको छिमेकी, सह-लोकतन्त्र र दीर्घकालीन विकास साझेदारको रूपमा नेपालसँग निरन्तर सहयोग र सहकार्य गर्ने प्रतिबद्धता पनि दोहोर्याएको छ ।