Logo

२०८३, आश्विन १०गते


images
images

कर्क हत्या प्रकरण

पक्राउ परे चार्ली कर्कको हत्या गर्ने युवक

पक्राउ परे चार्ली कर्कको हत्या गर्ने युवक

images
  • पक्राउ परे चार्ली कर्कको हत्या गर्ने युवक
    images
    images

     काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चार्ली कर्कको हत्या गर्ने संदिग्धलाई प्रहरी हिरासतमा लिइएको बताएका छन् ।

    images
    images
    images

    रिपोर्टमा आक्रमणकारीले स्वेच्छाले आत्मसमर्पण गरेको बताइएको छ । कर्कलाई युटाको एक कलेज कार्यक्रममा बोल्ने क्रममा गोली हानी हत्या गरिएको थियो । 

    images
    images
    images

    कर्क गैर-नाफामुखी राजनीतिक संस्था टर्निङ प्वाइन्ट युएसएका सह-संस्थापक र ट्रम्पका नजिकका सहयोगी थिए । अधिकारीहरूले आक्रमणकारी विद्यार्थीहरूको बीचमा प्रवेश गरेर भागेको बताएका छन् । उनी कलेजको विश्वविद्यालयको विद्यार्थी भने नभएको रिपोर्टमा उल्लेख छ । 

    images
    images
    images

    घटनास्थल नजिकै एउटा परिष्कृत र शक्तिशाली राइफल बरामद भएको थियो । यसलाई बोल्ट एक्शन राइफल भनेर चिनिन्छ, जसको लक्ष्य अर्ध-स्वचालित राइफल भन्दा बढी सटीक हुने बताइएको छ । गोलीबारी पछि, बन्दुकधारी छतबाट हाम फालेर जंगलतिर भागेको बताइएको थियो । संदिग्धको स्केच पनि जारी गरिएको थियो । संदिग्धको २२ बर्षिय  टेलर रोबिन्सन भएको सीएनएनले उल्लेख गरेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।