Logo

२०८३, आश्विन ११गते


images
images

एशिया कप

एशिया कपमा आज भारत र पाकिस्तान आमने सामने

एशिया कपमा आज भारत र पाकिस्तान आमने सामने

images
  • एशिया कपमा आज भारत र पाकिस्तान आमने सामने
    images
    images

    काठमाडौँ । एसिया कप २०२५ को सबैभन्दा ठुलो खेल आज भारत र पाकिस्तानबीच खेलिदैछ ।  दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति ८: १५ बजेदेखि शुरु हुदैछ ।

    images
    images
    images

    यस एशिया कपमा समूह चरणको आफ्नो पहिलो खेलमा भारतले युएईलाई ९ विकेटले पराजित गरेर विजयी शुरुवात गरेको छ भने पाकिस्तानले ओमानलाई ९३ रनले पराजित गरेर विजयी सुरुवात गरेको थियो ।

    images
    images
    images

    भारत र पाकिस्तानबीच अहिलेसम्म १३ टी-२० खेल भएका छन् । जसमा अहिलेसम्म १० खेल भारतले जितेको छ भने पाकिस्तानले ३ खेल जितेको छ । 

    images
    images
    images

    भारत र पाकिस्तान अन्तिम पटक २०२४ को टी-२० विश्वकपमा टी-२० मा आमनेसामने भएका थिए । दुई टोलीबीचको सो खेल न्यूयोर्कमा खेलिएको थियो र भारतले ६ रनले जितेको थियो ।  यद्यपि, २०२४ को टी-२० विश्वकप र हालको टोलीमा धेरै भिन्नता छ र भारत-पाकिस्तान टोलीमा पनि परिवर्तन आएको छ । भारतले अन्तिम पटक रोहित शर्माको कप्तानीमा खेलेको थियो भने पाकिस्तानको नेतृत्व बाबर आजमले गरेका थिए । रोहितले अब टी-२० अन्तर्राष्ट्रियबाट सन्यास लिएका छन् भने बाबरले एसिया कपको लागि टोलीमा स्थान पाएका छैनन् । त्यसैले भारत र पाकिस्तानका टोलीहरू अब नयाँ कप्तानको नेतृत्वमा यो खेलमा प्रवेश गर्नेछन् । भारतको नेतृत्व सूर्यकुमार यादवले गरिरहेका छन् भने पाकिस्तानको नेतृत्व सलमान अली आगाले गरिरहेका छन् ।

    भारतीय टिम:

    सूर्यकुमार यादव (कप्तान), शुभमन गिल (उपकप्तान), तिलक वर्मा, रिंकु सिंह, शिवम दुबे, हार्दिक पाण्ड्या, अभिषेक शर्मा, अक्षर पटेल, जितेश शर्मा (विकेटकिपर), सञ्जु सैमसन (विकेटकिपर), जसप्रित बुमराह, अर्शदीप सिंह, कुलदीप यादव, वरुण चक्रवर्ती र हर्षित राणा ।

    पाकिस्तानको टिम:

    सलमान आगा (कप्तान), फखर जमान, खुशदिल शाह, सैम अयुब, हसन नवाज, हुसैन तलत, फहीम अशरफ, मोहम्मद नवाज, मोहम्मद हारिस (विकेटकिपर), साहिबजादा फरहान (विकेटकीपर), हसन अली, हरिस रउफ, अबरार अहमद, सलमान मिर्जा, सुफियान मुकीम, मोहम्मद वासिम र शाहिन शाह अफरिदी ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।