Logo

२०८३, कार्तिक २९गते


images
images

बुटवलमा असुरक्षा बढ्यो, प्रहरीको ध्यानाकर्षण गराइयो

बुटवलमा असुरक्षा बढ्यो, प्रहरीको ध्यानाकर्षण गराइयो

images
  • बुटवलमा असुरक्षा बढ्यो, प्रहरीको ध्यानाकर्षण गराइयो
    images

    बुटवल । बुटवल उद्योग वाणिज्य संघले जेन–जी आन्दोलनपछि बढेको कमजोर सुरक्षा अवस्थाप्रति प्रहरीलाई ध्यानाकर्षण गराएको छ । संघका अध्यक्ष हरिप्रसाद अर्यालको नेतृत्वमा गएको प्रतिनिधि टोलीले सोमबार इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानासँग भेट गरेको थियो ।

    images
    images
    images

    भेटमा आन्दोलनका क्रममा व्यवसायिक प्रतिष्ठान, सार्वजनिक सम्पत्ति र प्रहरी बिटहरूमा भएको तोडफोड, आगजनी र लुटपाटका घटनाप्रति चिन्ता व्यक्त गर्दै दोषीलाई कारबाहीको दायरामा ल्याउन माग गरियो ।

    images
    images
    images

    संघले बजार क्षेत्रमा शान्ति–सुरक्षा कायम गर्न नियमित गस्ती बढाउन र जलाईएका प्रहरी बिटलाई तत्काल सञ्चालनमा ल्याउन आग्रह गर्‍यो । अध्यक्ष अर्यालले चाडपर्व नजिकिँदै गर्दा चोरी, डकैती र लुटपाटको जोखिम बढ्ने भएकाले सुरक्षा व्यवस्थामा विशेष ध्यान दिनुपर्ने बताए । उनले व्यवसायी संघ सदैव प्रहरीलाई सहयोग गर्न तयार रहेको जानकारी पनि दिए ।

    images
    images

    डीएसपी रानाले भेटमा स्थानीय व्यवसायी र समुदायलाई शंकास्पद गतिविधि वा व्यक्तिको बारेमा तत्काल प्रहरीलाई जानकारी दिन आग्रह गरे । उनले प्रहरी नियमित काममा फर्किएको र शान्ति–सुरक्षालाई सामान्यीकरण गर्न भरपर्दो सुरक्षा व्यवस्था मिलाइने आश्वासन दिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।