अर्घाखाँची । जिल्लाको शीतगंगा नगरपालिका–२ का किसान तुलसीराम अधिकारीले ‘फेरि यस्तो नहोस्, म बनाउँछु मेरो सिंहदरबार, म बनाउँछु मेरो देश, हामी बनाउँछौँ हाम्रो नेपाल’ भन्ने भावनासहित प्रधानमन्त्री दैवी प्रकोप सहयोग कोषमा एक लाख एक सय रुपैयाँ अर्पण गरेका छन् ।
कृषि कर्ममार्फत कमाएको आम्दानी उनले कोषमा जम्मा गरेका हुन् । ‘सिंहदरबार जल्दा मेरो आस्था पनि जलेको जस्तो लाग्यो, अब सबै मिलेर जुरुक्क उठाउनुपर्छ, सबैले सकेको सहयोग गर्नुपर्छ,’ अधिकारीले भने ।
प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्यालले कृषि आम्दानीबाट आएको सहयोगलाई पुनर्निर्माणका लागि ठूलो टेवा हुने भन्दै आभार व्यक्त गरे । रकम जम्मा गरेपछि अधिकारीले भौचर प्रमुख जिल्ला अधिकारीलाई हस्तान्तरण गरेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology