Logo

२०८३, कार्तिक २९गते


images
images

आज विश्व ओजोन तह दिवस

आज विश्व ओजोन तह दिवस

'जीवनको लागि ओजोन'
images
  • आज विश्व ओजोन तह दिवस
    images

    काठमाडौँ । आज विश्वभर ‘जीवनको लागि ओजोन’ भन्ने नारासहित विश्व ओजोन तह दिवस विभिन्न कार्यक्रमसहित मनाइँदैछ । यो नाराले हाम्रो ग्रहका लागि ओजोन तहलाई अपरिवर्तनीय ढालको रूपमा स्वीकार गर्दै यसको निरन्तर संरक्षण आवश्यक छ भन्ने सन्देश दिन्छ ।

    images
    images
    images

    सन् १९८७ सेप्टेम्बर १६ मा २४ राष्ट्रले ओजोन तह नष्ट गर्ने हानिकारक तत्वहरूको उत्पादनमा कटौती गर्ने उद्देश्यले मोन्ट्रेयल सम्झौतामा हस्ताक्षर गरेका थिए । सोही सम्झौताको स्मरणमा सन् १९९५ देखि प्रत्येक वर्ष यो दिवस मनाउन थालिएको हो ।

    images
    images
    images

    ओजोन तह नष्ट गर्ने कारक तत्वमा क्लोरोफ्लोरोकार्बन, कार्बनडाइअक्साइडलगायत करिब ९४ प्रकारका रसायनहरू पर्छन् । तर यी पदार्थहरूको प्रयोग रोक्ने प्रयास प्रभावकारी हुन सकेको छैन, बरु केहीको प्रयोग अझै बढ्दो छ । यसको नतिजा स्वरूप जलवायु परिवर्तन तीव्र हुँदै तापक्रम बढिरहेको तथ्यलाई वैज्ञानिकहरूले जोड दिएका छन् ।

    images
    images

    पृथ्वीको सतहभन्दा करिब १५ देखि ३० किलोमिटरमाथि रहेको ओजोन तहले सूर्यका हानिकारक अल्ट्राभायोलेट किरणहरूलाई रोक्ने महत्त्वपूर्ण भूमिका खेल्छ । तर मानवका अप्राकृतिक क्रियाकलाप, वन विनाश, प्रदूषण, अव्यवस्थित सहरीकरण र औद्योगिकीकरणका कारण ओजोन तहमा प्वाल परिरहेको छ । यसले तापक्रम वृद्धि र जलवायु परिवर्तनलाई थप चर्काइरहेको छ ।

    ओजोन तह दिवस मनाइँदै गर्दा विश्व समुदाय अझै तापक्रम घटाउने ठोस कदम चाल्न असफल छ । बढ्दो तापक्रम र जलवायु परिवर्तन अहिलेको विश्वकै प्रमुख चुनौती बनेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।