देवदह । देवदह प्रिमियर लिग (डिपिएल) दोश्रो संस्करणको अक्सन असोज ३ गते गरिने भएको छ । कुल ६ टिम सहभागी हुने प्रतियोगिताको लागि आवश्यक खेलाडी अक्सन मार्फत चयन गर्न लागिएको हो ।
अक्सनको लागि हालसम्म १४० जना खेलाडीले नाम दर्ता गराएका छन् । डि युनिटी युथ क्लवको आयोजनामा हुने प्रतियोगितामा ३० हजार रुपैंया पर्समनिबाट प्रत्येक टिमले आफुलाई आवश्यक खेलाडी खरीद गर्नेछन् । ३० हजार भन्दा माथि गएमा उक्त टिमले सोही बराबरको रकम आयोजकलाई फाइन तिर्नुपर्नेछ ।
यसअघि आयोजकले खेलाडी दर्ताको लागि भाद्र २६ गतेसम्मको समयसिमा तोकेको थियो । डिपीएलले स्थानीयस्तरमै राष्ट्रिय स्तरको प्रतिस्पर्धा गर्ने वातावरण बनाएको जनाएको छ ।
यसपटकको डिपिएलमा पहिलो संस्करणको विजेता पाकडी प्यान्थर्स, उपविजेता सितलनगर सुपर स्टाईकर्स, ढेकावर योद्धा, खैरेनी ग्लाडियटर्स, टटेरा डाईनामाईट र भवानीपुर रोयल्सले फ्रेन्चाईजी प्राप्त गरेका छन् ।
प्रतियोगिताको विजेता टिमले एक लाख रुपैंया नगद सहित सिल्ड, मेडल र प्रमाणपत्र तथा उपविजेताले ५० हजार रुपैंया नगद सहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा म्यान अफ दि सिरिजले नगद ७ हजार, बेस्ट ब्याट्समेन र बेस्ट बलर लाई ५ ÷५ हजार रुपैंया प्रदन गरिने छ । यसैगरी प्रत्येक खेलमा म्यान अफ दि मयाच समेत चयन गरी पुरस्कृत गरिने प्रतियोगिता संयोजक गोपाल प्रसाद भण्डारीले जानकरी दिए ।
देवदह क्रिकेट युनिटको खेल मैदानमा सञ्चालन हुने डिपिएल दोस्रो संस्करणको मिडिया पार्टनर सेतोमसी डटकम रहने आयोजकले जनाएको छ । प्रतियोगिताको सबै खेलहरु सेतोमसी डटकमबाट प्रत्यक्ष प्रशारण गरिने जनाइएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology