Logo

२०८३, आश्विन ११गते


images
images

साफ यू-१७ च्याम्पियनसिप

साफ यू-१७ च्याम्पियनसिपमा नेपाल बंगलादेशसँग पराजित

साफ यू-१७ च्याम्पियनसिपमा नेपाल बंगलादेशसँग पराजित

images
  • साफ यू-१७ च्याम्पियनसिपमा नेपाल बंगलादेशसँग पराजित
    images
    images

    काठमाडौँ । नेपाल साफ यू-१७ च्याम्पियनसिप अन्तर्गत बंगलादेशसँग पराजित भएको छ । विहिबार राति सम्पन्न खेलमा बंगलादेशले नेपाललाई ४-० गोल अन्तरले पराजित गरेको हो ।

    images
    images
    images

    यो खेलपछि अब समुह ए बाट सेमिफाइनलमा पुग्ने टुंगो आइतबार हुने बंगलादेश र श्रीलंकाबीचको खेलपछि लाग्ने भएको छ । 

    images
    images
    images

    नेपालले यसअघि खेलेको खेलमा श्रीलंकालाई २-० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा विजयी शुरुवात गरेको थियो ।  

    images
    images
    images

    सेप्टेम्बर १५ देखि २७, २०२५ सम्म श्रीलंकामा आयोजना हुने साफ यू–१७ च्याम्पियनसिपमा नेपालसहित बंगलादेश, श्रीलंका, भारत, पाकिस्तान, भुटान र माल्दिभ्स खेल्दैछन् । नेपाल समुह ए मा श्रीलंका र बंगलादेशसँग रहेको छ ।

    त्यस्तै समुह बी मा भारत, पाकिस्तान, भुटान र माल्दिभ्स रहेका छन् । नेपालले अब दोस्रो खेल सेप्टेम्बर १८ मा बंगलादेशसँग खेल्ने तालिका रहेको छ । समुह चरणका खेलपछि शिर्ष दुई देश सेमिफाइनलमा पुग्ने छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।