Logo

२०८३, कार्तिक २९गते


images
images

रास्वपा बैठक

रास्वपाको सचिवालय बैठकले के के निर्णय गर्यो ?

रास्वपाको सचिवालय बैठकले के के निर्णय गर्यो ?

images
  • रास्वपाको सचिवालय बैठकले के के निर्णय गर्यो ?
    images

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जेनजी आन्दोलनप्रति पार्टीको नैतिक समर्थन रहेपनि विध्वंस, लुटपाट र तोडफोड रास्वपाको राजनीतिक संस्कृति होइन भन्ने कुरा पनि पार्टी स्पष्ट गरेको छ ।   

    images
    images
    images

    विहिबार बसेको सचिवालय बैठकले विभिन्न निर्णय गर्दै विध्वंस, लुटपाट र तोडफोड रास्वपाको राजनीतिक संस्कृति होइन भन्ने कुरा पनि पार्टी स्पष्ट गरेको हो । 

    images
    images
    images

    त्यस्तै रास्वपाले  जेनजी आन्दोलनपछिको  संवेदनशील अवस्थालाई लिएर समाज थप विभाजित नहोस् भन्ने उद्देश्यले पार्टीले 'सद्भाव तथा सहकार्य अभियान' प्रारम्भ  गर्ने निर्णय गरेको छ । 

    images
    images

    रास्वपाको सचिवालय बैठकका निर्णयहरु: 

    १- भदौ २३  गते जेनजी पुस्ताले नेतृत्व गरेको शान्तिपूर्ण प्रदर्शनप्रति राष्ट्रिय स्वतन्त्र पार्टीको विभिन्न तहबाट नैतिक ऐक्यबद्धता रहेको कुरामा दुई मत छैन। तथापि, विध्वंस, लुटपाट र तोडफोड रास्वपाको राजनीतिक संस्कृति होइन भन्ने कुरा पनि पार्टी स्पष्ट पार्दछ। जेन जी आन्दोलनपछिको  संवेदनशील अवस्थालाई लिएर समाज थप विभाजित नहोस् भन्ने उद्देश्यले पार्टीले “सद्भाव तथा सहकार्य अभियान” प्रारम्भ  गर्नेछ ।असहमतिलाई बैमनस्यता बाट  होइन, संवाद र सहिष्णुताबाट समाधान गर्ने पार्टीको दृढ प्रतिवद्धता फेरि पनि जाहेर गर्दछौं ।

    २- पार्टीले स्थापनाकालदेखि नै उठाउँदै आएको विशेष एजेन्डा र  बाचापत्रको प्रमुख मुद्दा “विदेशमा रहेका नेपाली नागरिकलाई मतदान गर्ने अधिकार” प्रति वर्तमान सरकारले देखाएको चासोलाई रास्वपाले स्वागत गर्दछ। पार्टी आफैले उठाएको मुद्दा र  यस प्रक्रियाको ब्लुप्रिन्ट पार्टीसँग भएका कारणले यस सम्बन्धमा पार्टी  अन्तरिम सरकारलाई आवश्यक सहयोग गर्न प्रतिबद्ध रहनेछ। साथै, प्रवासमा रहेका नेपाली नागरिकहरूको मतदाता नामावली दर्ता प्रक्रिया पूर्णरूपमा अनलाइनबाट गर्ने व्यवस्था मिलाउन, नेपालका विदेशस्थित दूतावास/कन्सुलेट तथा नेपालका अन्तर्राष्ट्रिय विमानस्थलहरूका आगमन र प्रस्थान दुवै क्षेत्रबाट बायोमेट्रिक सेवा उपलब्ध गराउने व्यवस्था गर्न सम्बन्धित निकायलाई प्रस्ताव गर्दछ । जेनजी पुस्ताका धेरै नागरिकहरू मतदाता नामावलीमा सूचीकृत नभएको अवस्थालाई ध्यानमा राख्दै, मतदाता नामावली दर्ताको लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा अभियान सञ्चालन गर्ने  निर्णय गरिएको छ।

    ३- पार्टीको केन्द्रीय समितिको बैठक २०८२ आश्विन ७ गते (मङ्गलबार)   केन्द्रीय कार्यालयमा  बस्नेछ।  पार्टीको आगामी कार्यदिशा सम्बन्धी बृहत छलफलका लागि केन्द्रीय विस्तारित बैठक बोलाउने सम्बन्धी प्रस्ताव केन्द्रीय समितिमा पेश गर्ने।

    ४- राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो ऐतिहासिक महाधिवेशन २०८२ फागुन ७, ८ र ९ गते आयोजना गर्ने पूर्वनिर्धारित कार्यक्रम रहेकोमा, वर्तमान सरकारले २०८२ फागुन २१ गते आम निर्वाचन घोषणा गरेको परिवर्तित परिस्थितिलाई ध्यानमा राखी, महाधिवेशनसम्बन्धी आवश्यक छलफल र निर्णय आगामी विस्तारित बैठकमा गर्ने प्रस्ताव गरिएको छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।