Logo

२०८३, आश्विन ११गते


images
images

डिपिएल

डिपिएलको अक्सन सम्पन्न : डेबिट बने सर्वाधिक महङ्गा खेलाडी

डिपिएलको अक्सन सम्पन्न : डेबिट बने सर्वाधिक महङ्गा खेलाडी

images
  • डिपिएलको अक्सन सम्पन्न : डेबिट बने सर्वाधिक महङ्गा खेलाडी
    images
    images

    देवदह । देवदह प्रिमियर लिग (डिपिएल) दोश्रो संस्करणको अक्सन सम्पन्न भएको छ । शुक्रवार सम्पन्न अक्सनमा कुल ६ टिमले ३० हजार रुपैंया पर्समनिबाट खेलाडी अनुबन्धन गरेका छन् । 

    images
    images
    images

    प्रति टिम १३ जना खेलाडी छनौट गरिएको अक्सनमा सबैभन्दा धेरै मूल्यमा बुटवलका डेबिट थापालाई टटेरा डाइनामाइटले अनुबन्धन गरेको छ । उनलाई सर्वाधिक १३ हजार ४०० रुपैयाँमा टटेराले किनेको हो । त्यसैगरी पाल्हिनन्दनका आशिष कुमार चौधरीलाई भवानीपुर रोयल्सले ११ हजार ९०० रुपैंयामा खरिद गरेको छ । यस्तै शीतलनगरका सुरज खड्कालाई होम फ्रेन्चाईजी शीतलनगर सुपर स्टाईकर्सले ९ हजार २०० रुपैयाँमा र तिलोत्तमाका बिपर्सन केसीलाई ९ हजारमा पाकडी प्यान्थर्सले अनुबन्धन गरेका छन् ।

    images
    images
    images

    कुल १४० जना खेलाडीबाट देवदहबाहिरका २४ सहित ७८ जना खेलाडी अक्सनबाट छनौट भएको प्रतियोगिताका संयोजक गोपाल भण्डारीले जानकारी दिए । 
    डि युनिटी युथ क्लवको आयोजनामा हुने प्रतियोगिताको लागि भाद्र २६ गतेसम्म खेलाडी दर्ता गर्ने समय तोकिएको थियो । 

    images
    images
    images

    यसपटकको डिपिएलमा पहिलो संस्करणको विजेता पाकडी प्यान्थर्स, उपविजेता शीतलनगर सुपर स्टाईकर्स, ढेकावर योद्धा, खैरेनी ग्लाडियटर्स, टटेरा डाईनामाईट र भवानीपुर रोयल्सले फ्रेन्चाईजी प्राप्त गरेका छन् । 

    प्रतियोगिताको विजेता टिमले एक लाख रुपैंया नगद सहित सिल्ड, मेडल र प्रमाणपत्र तथा उपविजेताले ५) हजार रुपैंया नगद सहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा म्यान अफ दि सिरिजले नगद ७ हजार, बेस्ट ब्याट्समेन र बेस्ट बलर लाई ५÷५ हजार रुपैंया प्रदान गरिने छ । 

    यसैगरी प्रत्येक खेलमा म्यान अफ दि म्याच समेत चयन गरी पुरस्कृत गरिने प्रतियोगिता संयोजक भण्डारीले जानकरी दिए ।

    देवदह क्रिकेट युनिटको खेल मैदानमा सञ्चालन हुने डिपिएल दोस्रो संस्करणको मिडिया पार्टनर सेतोमसी डटकम रहने आयोजकले जनाएको छ । प्रतियोगिताको सबै खेलहरु सेतोमसी डटकमबाट प्रत्यक्ष प्रसारण हुनेछन् । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।