Logo

२०८३, आश्विन ११गते


images
images

भिसा नलागेपछि राष्ट्रिय क्रिकेट टिमको युएई यात्रा प्रभावित

भिसा नलागेपछि राष्ट्रिय क्रिकेट टिमको युएई यात्रा प्रभावित

images
  • भिसा नलागेपछि राष्ट्रिय क्रिकेट टिमको युएई यात्रा प्रभावित
    images
    images

    काठमाडौँ । नेपाली क्रिकेट खेलाडीको भिसा नलागेपछि युएई जाने यात्रा रोकिएको छ । युएईले नेपालीका लागि भिसा रोकेपछि यसबाट क्रिकेटर समेत प्रभावित भएका छन् ।

    images
    images
    images

    युएईको शारजहामा हुने वेस्ट इन्डिजविरुद्धको खेल खेल्न जाने शुक्रबारको तालिका भएपनि भिसा नलागेपछि खेलाडीहरु रोकिएका हुन् । नेपालले सेप्टेम्बर २७ देखि वेस्ट इन्डिजसँग टी-२० सिरिज खेल्ने तालिका रहेको छ । 

    images
    images
    images

    क्यानले भिसाको पहल गरिरहेको र सोमबारसम्म खेलाडीलाई युएईतर्फ पठाउने तयारी भएको बुझिएको छ । 

    images
    images
    images

    नेपालमा भएको जेनजी आन्दोलनपछि युएईले कुनै सुचना जारी नगरेर नेपाली नागरिकलाई भिजिट भिसा बन्द गरेको छ । 

    आन्दोलनपछि नेपालका हजारौं कैदी जेल तोडेर भागेपछि उनीहरु आउनसक्ने भन्दै सुरक्षा चुनौती देखाएर भिसा बन्द गरेको बताइएको छ । यद्यपी युएईले यस बारेमा अहिलेसम्म स्पष्ट जानकारी दिएको छैन ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।