Logo

२०८३, कार्तिक २९गते


images
images

राजनीति

देश गम्भीर सङ्कटको वरिपरि छ : प्रचण्ड

देश गम्भीर सङ्कटको वरिपरि छ : प्रचण्ड

images
  • देश गम्भीर सङ्कटको वरिपरि छ : प्रचण्ड
    images

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश गम्भीर सङ्कटको वरिपरि रहेको भन्दै सम्पूर्ण राष्ट्रप्रेमी नागरिकलाई राष्ट्रिय स्वाभिमान र स्वाधीनताको पक्षमा एकताबद्ध हुन आह्वान गरेका छन् ।

    images
    images
    images

    संविधान दिवसको अवसरमा आयोजित जनप्रगतिशील मञ्च, एसिया प्रदेश संगठन समितिको भर्चुअल बैठकलाई सम्बोधन गर्दै  प्रचण्डले देशलाई रणनीतिक रूपमा असफल बनाउने प्रयास भइरहेको संकेत गर्दै गम्भीर चुनौतीहरूसँग जुध्न अहिलेको आवश्यकता राष्ट्रिय एकता रहेको बताएका हुन् ।

    images
    images
    images

    बैठकमा  प्रचण्डले संघिय लोकतान्त्रिक गणतन्त्र र संविधान निर्माणमा जनयुद्धको भूमिकालाई उल्लेख गर्दै भने- '७० वर्षदेखि थाती रहेको संविधान सभाबाट संविधान बनाउने काम जनयुद्धका क्रममा हजारौंको त्यागबिना सम्भव थिएन ।'

    images
    images

    उनले प्रत्यक्ष निर्वाचित कार्यकारी, समानुपातिक प्रतिनिधित्व जस्ता विषय संविधानमा समावेश गर्नुपर्ने कुरा आफुहरुले उठाउँदै आएका विषय भएकाले देशमा अहिले माओवादी केन्द्रको विचारको महत्व झनै बढेर गएको बताए ।

    हालै सम्पन्न जेनजी आन्दोलनको सन्दर्भमा अध्यक्ष प्रचण्डले सरकारको बल प्रयोगप्रति आपत्ति जनाउँदै, माओवादी केन्द्रले सुरुदेखि नै संयमता अपनाउन आग्रह गरेको स्मरण गराए ।  उनले प्रतिकुलताकाबीच देशलाई सहज निकास दिन आन्दोलनले उठाएका मागहरू सम्बोधन गर्दै संविधानको रक्षामा माओवादी केन्द्र महत्वपूर्ण भुमिका खेलेको बताए । 

    उनले भने- 'हामीले जेन जीहरुको बलिदानको सम्मान गर्दै संविधानको रक्षा र राष्ट्रपतिको गरिमा कायम राख्ने खालको राजनीतिक विकल्प प्रस्तुत गरेका हौं ।' उनले अन्तरिम सरकार र निर्वाचनको तोकिएको मिति अनुसार अघि बढ्नुपर्नेमा समेत जोड दिए ।

    प्रचण्डले भने- 'नेपालले यति ठुलो चुनौती कहिल्यै भोगेको थिएन। पूर्खाले मिहिनेत गरेर जोगाएको राष्ट्र हामीले बचाउन सक्छौं कि सक्दैनौं भन्ने प्रश्न अहिले हाम्रासामू छ। त्यसैले सम्पूर्ण राष्ट्रप्रेमीहरू एकताबद्ध हुनु जरुरी छ ।'

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।