Logo

२०८३, कार्तिक २९गते


images
images

बुटवलमा ‘दशैं–तिहार पुस्तक मेला’

बुटवलमा ‘दशैं–तिहार पुस्तक मेला’

images
  • बुटवलमा ‘दशैं–तिहार पुस्तक मेला’
    images

    बुटवल । पर्व–उत्सवको रमझमसँगै बुटवलमा पुस्तकप्रेमीका लागि विशेष अवसर आएको छ । बुटवल उपमहानगरपालिका–६, चन्द्रनगरस्थित विशाल पुस्तक सदनले ‘दशैं–तिहार पुस्तक मेला’ (असोज १ गतेदेखि १२ गतेसम्म) सञ्चालन गरेको छ । 

    images
    images
    images

    मेलामा सहभागी हुने पुस्तकप्रेमी, विद्यार्थी, शिक्षक, अभिभावक तथा समाजका विभिन्न क्षेत्रका व्यक्तिहरूलाई १० प्रतिशतदेखि ३० प्रतिशतसम्म छुट दिइने आयोजकले जनाएको छ । मेलाले समाजमा पठन–संस्कृति प्रवर्द्धन गर्ने, ज्ञान र विचारको आदान–प्रदानलाई सहज बनाउने तथा घर–घरमा पुस्तक र पुस्तकालयको पहुँच विस्तार गर्ने उद्देश्य लिएको जनाइएको छ ।

    images
    images
    images

    आयोजक विशाल पुस्तक सदनका अनुसार मेलामा विविध विषयका पुस्तक मात्र नभई विद्यालय, कलेज, सरकारी तथा गैरसरकारी कार्यालय, वित्तीय संस्था, होटल, रेस्टुरेन्ट र अस्पतालमा पनि ‘मिनी लाइब्रेरी’ स्थापना गर्न प्रेरित गरिनेछ । यसले ज्ञानमूलक समाज निर्माणमा टेवा पुग्ने विश्वास लिइएको छ ।

    images
    images

    मेलामा बालबालिका र युवावर्गका पुस्तकदेखि साहित्य, दर्शन, राजनीति, इतिहास, स्वास्थ्य, विज्ञान, व्यवस्थापनलगायत विषयका पुस्तकहरू प्रदर्शन र बिक्रीमा रहनेछन् । साथै, २४ घण्टा घरमै पुस्तक पु-याउने होम डेलिभरी सेवा पनि उपलब्ध हुने आयोजकले जनाएको छ ।

    मेलामा प्रवेश निःशुल्क हुनेछ । बिहान १० बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन हुने मेलाले दशैं–तिहारलाई मात्र पर्व नभई ज्ञानको उत्सवमा रूपान्तरण गर्ने अपेक्षा गरिएको छ ।

    ‘पढ्ने समाज, अघि बढ्ने समाज’ भन्ने नारासहित सुरु गरिएको मेलासँगै विद्यालयमा पुस्तक प्रदर्शनी यात्रा पनि सञ्चालन हुने विशाल पुस्तक सदनका सञ्चालक दिपेन्द्र जिसी (मोबाइल : ९८५७०३०२१०) ले जानकारी दिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।