काठमाडौँ । चीन र अमेरिकाबीच टिकटकसम्बन्धी विवाद समाधान गर्ने विषयमा आधारभूत सहमति भएको छ। चीनको वाणिज्य मन्त्रालयले शनिबार जारी गरेको विज्ञप्तिमा यो जानकारी दिएको हो।
मन्त्रालयका अनुसार शुक्रबार बेलुकी दुवै देशका शीर्ष नेताबीच टेलिफोन वार्ता भएको थियो । उक्त वार्तामा आपसी चासोका विषयमा विचारविमर्श गर्दै टिकटकसम्बन्धी समस्याको समाधानका लागि सहमति जुटाइएको हो ।
विज्ञप्तिमा चीनले लोकप्रिय भिडियो एप टिकटकप्रति आफ्नो अडान स्पष्ट गर्दै उद्यमहरूको इच्छाको सम्मान गर्ने उल्लेख गरिएको छ । साथै, सबै पक्षको हितलाई सन्तुलनमा राख्दै चिनियाँ कानून र नियमअनुसार समाधान खोजिएकोमा सरकार सन्तुष्ट रहेको पनि बताइएको छ ।
यस्तै, वाणिज्य मन्त्रालयले अमेरिकालाई टिकटकसहितका चिनियाँ कम्पनीहरूलाई निष्पक्ष, न्यायपूर्ण र भेदभावरहित व्यवसायिक वातावरण उपलब्ध गराउन आग्रह गरेको छ । मन्त्रालयले यस्तो कदमले चीन-अमेरिका व्यापारिक सम्बन्धलाई स्थिर, स्वस्थ र दिगो बनाउन मद्दत गर्ने विश्वास व्यक्त गरेको छ ।
स्राेत : CGTN
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology