Logo

२०८३, आश्विन १०गते


images
images

प्यालेस्टाइनलाई बेलायतको समर्थन

बेलायतले प्यालेस्टाइनलाई राज्यको रूपमा मान्यता दिने घोषणा गर्दै

बेलायतले प्यालेस्टाइनलाई राज्यको रूपमा मान्यता दिने घोषणा गर्दै

images
  • बेलायतले प्यालेस्टाइनलाई राज्यको रूपमा मान्यता दिने घोषणा गर्दै
    images
    images

    काठमाडौँ । बेलायती प्रधानमन्त्री केयर स्टारमरले प्यालेस्टाइनलाई राज्यको रूपमा मान्यता दिने घोषणा गर्ने अपेक्षा गरिएको छ । यसलाई बेलायती विदेश नीतिमा ठूलो परिवर्तन मानिएको छ ।

    images
    images
    images

    गत जुलाईमा स्टारमरले यदि इजरायलले गाजामा युद्धविराम, शान्ति सम्झौता र दुई-राज्य समाधानको सर्तहरूमा सहमत भएन भने, बेलायतले सेप्टेम्बरमा आफ्नो अडान उल्टाउने चेतावनी दिएका थिए ।

    images
    images
    images

    बेलायती मिडियाहरुले प्रधानमन्त्री स्टारमरले आज प्यालेस्टाइनलाई राज्यको रूपमा मान्यता दिने घोषणा गर्ने उल्लेख गरेका छन् ।

    images
    images
    images

    बेलायतको यो कदमको इजरायली सरकार, बन्धकहरूका परिवारहरू र केही कन्जरभेटिभ राजनीतिज्ञहरूले कडा आलोचना गरेका छन् ।

    इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले पहिले नै यस्तो कदमले आतंकवादलाई पुरस्कृत गर्ने बताएका छन् ।

    यद्यपि, बेलायती मन्त्रीहरूले दीर्घकालीन शान्ति सम्झौताको लागि आशा जीवित राख्न कारबाही गर्नु नैतिक जिम्मेवारी भएको बताउदै आएका छन् । गाजामा भोकमरी र हिंसा बढेपछि प्रधानमन्त्री स्टारमरले 'असहनीय' भनेर ब्याख्या गरिसकेका छन्।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।