Logo

२०८३, भाद्र १गते


images
images

ट्रम्प मस्क एकसाथ

महिनौंको झगडापछि पहिलो पटकसँगै देखिए ट्रम्प र मस्क

महिनौंको झगडापछि पहिलो पटकसँगै देखिए ट्रम्प र मस्क

images
  • महिनौंको झगडापछि पहिलो पटकसँगै देखिए ट्रम्प र मस्क
    images
    images

    काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र अर्बपति एलन मस्क महिनौंको झगडापछि पहिलो पटकसँगै देखिएका थिए । दक्षिणपन्थी कार्यकर्ता चार्ली कर्कलाई श्रद्धाञ्जली अर्पण गर्न आयोजना गरिएको एरिजोनाको ग्लेन्डेलको कार्यक्रममा ट्रम्प र मस्कबीच भेट भएको हो ।

    images
    images
    images

    सो कार्यक्रममा हजारौं मानिसहरूले दक्षिणपन्थी कार्यकर्ता चार्ली कर्कलाई श्रद्धाञ्जली अर्पण गरेका थिए । यस भेटले दुई बीचको मेलमिलापको संकेत गरेको छ । मस्कले ट्रम्पको राष्ट्रपति चुनाव अभियानमा २४ करोड डलरभन्दा बढी दान गरेपछि उनको सल्लाहकार बनेका थिए ।

    images
    images
    images

    ट्रम्पको दोस्रो कार्यकालमा, मस्कले सरकारी दक्षता विभागको नेतृत्व गरेर ठूलो संख्यामा सरकारी खर्च कटौती अभियान संचालन गरेका थिए । यद्यपि, पछि उनीहरूको सम्बन्ध बिग्रियो र मस्कले सरकारी दक्षता विभागको नेतृत्व छोडेर ट्रम्पसँग दूरी बनाएका थिए ।

    images
    images
    images

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।