Logo

२०८३, कार्तिक ५गते


images
images

अमेरिकाका सबै बालबालिकालाई स्पेसएक्सको एक कित्ता सेयर दिने मस्कको घोषणा

अमेरिकाका सबै बालबालिकालाई स्पेसएक्सको एक कित्ता सेयर दिने मस्कको घोषणा

images
  • अमेरिकाका सबै बालबालिकालाई स्पेसएक्सको एक कित्ता सेयर दिने मस्कको घोषणा
    images
    images

    काठमाडौँ । अमेरिकी अर्बपति व्यवसायी इलोन मस्कले आगामी वर्ष अमेरिकाका प्रत्येक बालबालिकालाई आफ्नो रकेट निर्माण कम्पनी स्पेसएक्सको एक कित्ता सेयर उपहार दिने घोषणा गरेका छन् ।

    images
    images
    images

    मस्कले सामाजिक सञ्जालमार्फत यस्तो घोषणा गरेका हुन्। हाल स्पेसएक्सको एक कित्ता सेयरको मूल्य १४६ अमेरिकी डलर अर्थात् करिब १४ हजार रुपैयाँ रहेको छ। अमेरिकामा करिब सात करोड २० लाख बालबालिका रहेकाले वितरण गरिने सेयरको कुल मूल्य करिब एक खर्ब रुपैयाँ पुग्ने अनुमान गरिएको छ ।

    images
    images
    images

    यद्यपि, सेयर वितरण कसरी गरिनेछ, कुन उमेरका बालबालिका यसका लागि योग्य हुनेछन् र अमेरिकी नागरिकता नभएका बालबालिकाले पनि पाउनेछन् वा पाउने छैनन् भन्नेबारे मस्क वा कम्पनीले स्पष्ट पारेका छैनन् ।

    images
    images
    images

    बालबालिकाको नाममा सेयर कसरी राखिनेछ र उनीहरूका अभिभावकले त्यसलाई बिक्री वा हस्तान्तरण गर्न पाउनेछन् कि पाउने छैनन् भन्ने पनि खुलाइएको छैन ।

    सन् २०२६ जुन ३० सम्मको विवरणअनुसार स्पेसएक्समा मस्कको ४८.४ प्रतिशत स्वामित्व रहेको छ। उक्त हिस्सेदारीको मूल्य करिब ८६० अर्ब अमेरिकी डलर अर्थात् ८० खर्ब रुपैयाँ रहेको विवरणमा उल्लेख छ ।

    मस्कले यो घोषणा आफ्ना विभिन्न योजनामध्ये पहिलो भएको बताएका छन् । उनको घोषणासँगै अमेरिकामा नोभेम्बर ३ मा हुने मध्यावधि निर्वाचनमा यसको राजनीतिक प्रभावबारे पनि चर्चा सुरु भएको छ। तर, निर्वाचनमा लाभ लिनकै लागि उनले यस्तो घोषणा गरेको कुनै प्रमाण प्रस्तुत गरिएको छैन ।

    यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सरकारले पनि निश्चित सर्त पूरा गर्ने सन् २०२५ जनवरी १ देखि २०२८ डिसेम्बर ३१ सम्म जन्मिएका बालबालिकाका खातामा एकमुष्ट एक हजार अमेरिकी डलर जम्मा गर्ने योजना अघि सारेको छ ।

    सन् २००२ मा मस्कले स्थापना गरेको स्पेसएक्सले पुनः प्रयोग गर्न मिल्ने रकेट प्रविधिको विकासमार्फत अन्तरिक्ष अभियान र उपग्रह प्रक्षेपणको लागत घटाउन योगदान दिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # अर्बपति एलन मस्क
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।