काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट खेलाडी वेस्ट इन्डिजविरुद्धको टी-२० सिरिज खेल्न युएई प्रस्थान गरेका छन् । यसअघि शुक्रबार नै त्यसतर्फ जाने कार्यक्रम भए पनि युएईको भिसा नलाग्दा क्रिकेट खेलाडी रोकिएका थिए ।
युएईको शारजहामा हुने वेस्ट इन्डिजविरुद्धको खेल खेल्न त्यसतर्फ गएको हो । नेपालले सेप्टेम्बर २७, २९ र ३० मा वेस्ट इन्डिजसँग तीन खेलको युनिटी टी-२० सिरिज खेल्ने तालिका रहेको छ ।
नेपालमा भएको जेनजी आन्दोलनपछि युएईले कुनै सुचना जारी नगरेर नेपाली नागरिकलाई भिजिट भिसा बन्द गरेपछि त्यसको असर क्रिकेट खेलाडीलाई परेको थियो ।
वेस्ट इन्डिजविरुद्ध नेपाल क्रिकेट संघ (क्यान) ले रोहित पौडेलको कप्तानीमा १६ सदस्यीय टिम चयन गरको छ ।
जसमा रोहित कुमार पौडेल (कप्तान), दीपेन्द्र सिंह ऎरि (उपकप्तान), कुशल मल्ल, आसिफ सेख, कुशल भुर्तेल, आदील आलम, लोकेस बम, करण केसी, नन्दन यादव, ललित नारायण राजवंशी, सन्दीप लामिछाने, गुलशन झा, सन्दीप जोरा, आरिफ सेख, सोमपाल कामी र साहब आलम रहेका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology