Logo

२०८३, श्रावण २७गते


images
images

सन्तुष्टि : ठुली तामाङको ठुलो सम्पत्ति

सन्तुष्टि : ठुली तामाङको ठुलो सम्पत्ति

images
  • सन्तुष्टि : ठुली तामाङको ठुलो सम्पत्ति
    images
    images

    मुना खड्का, काठमाडौं । काम सानो र ठुलो हुदैन । अहिलेको अवस्थामा मानिसले आफ्नो जिविका उपार्जन गर्नका लागि जस्तोसुकै काम  गर्न पनि तयार हुन्छन्  । 

    images
    images
    images

    काठमाडौँमा रहेको पशुपतिनाथ मन्दिर परिसरमा फुल बेची आफ्नो जिविको पार्जन गर्दै आएकी  सिन्धुपाञ्चोककी ६९  वर्षीय ठुली तामाङ फुल र टपरी बेची आफ्नो जीवन धान्दै  आएकी छन्  । 

    images
    images
    images

    पशुपतिनाथ मन्दिर  यस्तो धार्मिक स्थल जहाँ  भगवान शिव को पुजा गरिन्छ ।  पुजा गर्नको लागि भनी देश विदेशबाट भक्तजनहरू आउने गर्छन । धार्मिक र पवित्र स्थलमा फुल र आफै बनाएका  टपरिहरु बेच्न पाउछिन्  । तामाङ खुशी छिन् । उनी भन्छिन् “म  ब्यापार नभयपनी पशुपतिको शरण  बस्न पाएकोले  दुखी हुन्न किनकि ब्यापार  एक दिन नहोला आर्को दिन अवश्य हुन्छ पशुपतिनाथ मेरो साथमा  हुनुहुन्छ। 

    images
    images
    images

    सिन्धुपाल्चोकमा बाल्यकाल बिताएकी  ठुली तामाङको  घरमा एकएक  समुद्रको छाल आए  सरी सबै  दुख आयो । जीवन सधैँ सरल कहाँ हुन्छ र तामाङले भनिन “२०४६ सालको जन आन्दोलन सकिने बितीकै माओवादी शासन आएको थियो । माओवादी शासन आएपछि हरेक मानिसहरूलाई डर हुन थल्यो उनीहरूले गरेको दुर्व्यवहार  सहन नसकेर कतिले घर छोडे  त्यस्तै मैले  पनि सहन नसकेर गाउँनै  छाडी काठमाडौँ आए ।


    उनले थपिन “मेरा दुई छोरा र तिन छोरी थिए छोरीहरूको बिहे भैसक्यो तर छोराहरू दुबै जना कुलतमा फसे उनले मलिलो अनुहार बनाउँदै भनिन्,  “बुढाले नि साथ छाड्नु भयो मेरा सहारा भनेका छोराहरूको हालत यस्तो छ । जाँडरक्सी खाने पैसा चोर्ने झगडा गर्ने गर्छन  । घरीघरि जिन्दगी देख्दा उदेक लाग्छ” ।


    माओवादी शासनले  गाउमा बस्ने अवस्था नआएपछि जेठी छोराको छोरी उनको नातिनी लिएर उनी काठमाडौं आइन्  । आफन्त राजधानी भएको कारण उनलाई कोठा खोज्न  केही सहज भयो । कोठा मात्र पाइएर  के गर्ने ? कोठा भाडा,  नातिनीको पढाइ खर्च, यी कुराले मन पोलिरहेको उनले बताइन् ।

    तामाङले पशुपतिनाथकोमा बदाम र सुन्तला बेच्न लागिन् ।  यसले उनको  ब्यापार राम्रो मात्र भएन कि ब्यापारमा रस पस्दै गयो । बिस्तारै उनले  नातिनिलाई स्कुल भर्ना गरिन् ।  उनी सम्झिन्छिन् - “सायद कोहि नहुनेको इश्वर हुने रै'छ । मलाइ पनि त्यस्तै भयो । मेरो दु:ख देखेर नातिनीलाई विदेशी संस्थाले पढाइ रहेको छ ।”  

    ठुली तामाङलाइ यतिवेला धेरै कमाउनु छैन् । ‘हाँसी खुशी बाँच्न पाउँ, उनी भन्छिन् । उनलाई लाग्छ– जीवनमा सन्तुष्टि नै सवैभन्दा ठुलो सम्पत्ति हो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।