Logo

२०८३, आश्विन ११गते


images
images

जापान

जापानमा पहिलो महिला प्रधानमन्त्री बन्ने सम्भावना

जापानमा पहिलो महिला प्रधानमन्त्री बन्ने सम्भावना

images
  • जापानमा पहिलो महिला प्रधानमन्त्री बन्ने सम्भावना
    images
    images

    काठमाडौँ । जापानमा पहिलो महिला प्रधानमन्त्री बन्ने सम्भावना बढेर गएको छ । शिगेरु इशिबाले सेप्टेम्बर ७, २०२५ मा आफ्नो पदबाट राजीनामा दिएपछि लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) ले अक्टोबर ४ मा पार्टी अध्यक्षताको लागि चुनाव गर्दैछ ।

    images
    images
    images

    जापानमा, बहुमत प्राप्त दलको अध्यक्ष प्रधानमन्त्री बन्नेछन । त्यसैले, यस चुनावको विजेता संसदीय मतदान पछि प्रधानमन्त्री नियुक्त हुनेछ । पार्टी अध्यक्षको लागि पाँच उम्मेदवारहरू दौडमा छन्, तर प्रतिस्पर्धा दुई बीच सीमित रूपमा विभाजित छ । क्योडो न्यूजले आइतबार गरेको सर्वेक्षण अनुसार, पूर्व आर्थिक सुरक्षा मन्त्री साने ताकाइची ३४.४ प्रतिशत मतका साथ अगाडि रहेकी छन् भने कृषि मन्त्री शिन्जिरो कोइजुमी २९.३ प्रतिशत समर्थनका साथ दोस्रो स्थानमा देखिएका छन् ।

    images
    images
    images

    यदि ४५ बर्षिय ताकाइचीले यो चुनाव जितिन् भने, उनी जापानको पहिलो महिला प्रधानमन्त्री बन्नेछिन् भने उनी देशको सबैभन्दा कान्छी प्रधानमन्त्री पनि बन्नेछिन ।

    images
    images
    images

    साने ताकाइचीलाई एलडिपीकी दक्षिणपन्थी रूढिवादी नेता मानिन्छ । त्यस्तै वर्तमान कृषि मन्त्री शिन्जिरो कोइजुमी,पूर्व प्रधानमन्त्री जुनिचिरो कोइजुमीका छोरा हुन् । युवा, मिडिया-मैत्री, समलिङ्गी विवाह र लैङ्गिक समानतामा उदार मानिन्छन् । 

    एलडीपीको अध्यक्षको चुनावमा, विधायक र सांसदहरू बाहेक पार्टीका सदस्यहरूले पनि मतदान गर्छन् । यदि कसैले पनि पहिलो चरणमा ५१ प्रतिशत मत प्राप्त गरेन भने शीर्ष दुई उम्मेदवारहरू बीच दोस्रो चरणको चुनाव हुन्छ । पार्टीको अध्यक्षको चुनाव जितेपछि, विजेतालाई संसदमा प्रधानमन्त्री पदको लागि मनोनित गरिनेछ । बहुमत प्राप्त गरेपछि, उनले प्रधानमन्त्रीको रूपमा शपथ लिनेछन्।

    शिगेरु इशिबा सेप्टेम्बर २०२४ मा प्रधानमन्त्री बनेक थिए । उनी पार्टीमा 'बाहिरी' थिए, जसको अर्थ उनको कुनै गडफादर थिएन । उनले मुद्रास्फीति र आर्थिक समस्याहरू समाधान गर्ने वाचा गरे, तर सोचे अनुसार काम गर्न सकेनन भने एलडीपी-कोमेइतो गठबन्धनले अक्टोबर २०२४ मा तल्लो सदन (प्रतिनिधि सभा) को चुनावमा बहुमत गुमाएपछि जुलाई २०२५ मा माथिल्लो सदन (काउन्सिलरहरूको सभा) को चुनावमा उनको दलले ठूलो हार बेहोर्यो। १९५५ पछि पहिलो पटक पार्टीले दुवै सदनमा बहुमत गुमाएपछि उनले राजीनामा दिएका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।