Logo

२०८३, आश्विन ११गते


images
images

एलडिपी अध्यक्ष

जापानको प्रधानमन्त्री बन्ने बाटोमा ताकाइची, पार्टीको अध्यक्षमा विजयी

जापानको प्रधानमन्त्री बन्ने बाटोमा ताकाइची, पार्टीको अध्यक्षमा विजयी

images
  • जापानको प्रधानमन्त्री बन्ने बाटोमा ताकाइची, पार्टीको अध्यक्षमा विजयी
    images
    images

    काठमाडौँ । जापानमा पहिलो महिला प्रधानमन्त्री बन्ने सम्भावना बढेर गएको छ । जापानको लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) को अध्यक्षमा साने ताकाइची निर्वाचित बनेकी छन् ।

    images
    images
    images

    उनी एलडिपीको पहिलो महिला अध्यक्ष बनेकी छ । उनले अन्य चार प्रतिष्पर्धीलाई पछि पार्दै पार्टीको अध्यक्ष बनेकी हुन् । पहिलो चरणमा उनले १८३ मत पाएर शिर्ष स्थानमा रहेकी थिइन् भने दोस्रो चरणमा १८५ मत पाएर विजयी भएकी थिइन् । जापानमा, बहुमत प्राप्त दलको अध्यक्ष प्रधानमन्त्री बन्नेछन ।

    images
    images
    images

    अब जापानको तल्लो र उपल्लो सदनमा हुने मतदानले उनी प्रधानमन्त्री बन्ने या नबन्ने निश्चित गर्ने जापानी मिडिया एनएचकेले जनाएको छ । यद्यपी जापानको दुवै सदनमा एलडिपीको बहुम बहुमत रहेको छैन ।

    images
    images
    images

    ४५ बर्षिय ताकाइचीले संसदमा बहुमत प्राप्त गरिन् भने, उनी जापानको पहिलो महिला प्रधानमन्त्री बन्नेछिन् भने उनी देशको सबैभन्दा कान्छी प्रधानमन्त्री पनि बन्नेछिन । साने ताकाइचीलाई एलडिपीकी दक्षिणपन्थी रूढिवादी नेता मानिन्छ ।

    शिगेरु इशिबा सेप्टेम्बर २०२४ मा प्रधानमन्त्री बनेक थिए । उनी पार्टीमा 'बाहिरी' थिए, जसको अर्थ उनको कुनै गडफादर थिएन । उनले मुद्रास्फीति र आर्थिक समस्याहरू समाधान गर्ने वाचा गरे, तर सोचे अनुसार काम गर्न सकेनन भने एलडीपी-कोमेइतो गठबन्धनले अक्टोबर २०२४ मा तल्लो सदन (प्रतिनिधि सभा) को चुनावमा बहुमत गुमाएपछि जुलाई २०२५ मा माथिल्लो सदन (काउन्सिलरहरूको सभा) को चुनावमा उनको दलले ठूलो हार बेहोर्यो ।

    १९५५ पछि पहिलो पटक पार्टीले दुवै सदनमा बहुमत गुमाएपछि उनले राजीनामा दिएका थिए ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।