रेशम अधिकारी, काठमाडौं । यतिखेर लोकदोहोरी गीतले सिंगो संगीत बजारलाई तताई रहेको छ भने पनि फरक नपर्ला यता आधुनिक गीत पनि फाट्ट फुट्ट चलिनै रहेका छन् ।
तर यतिखेर कतै मेला, महोत्सव त् कतै अन्य कार्यक्रममा लोकदोहोरी गीतहरूको भने घनिक्नैरहेका छन् । हिजो गाउँलेले गाउने गीत भनी लोक गीतलाई होचाउनेहरु आज लोकगीतका गायक, गायिका सँग सेल्फी खिच्न र उनीहरूका गीतमा देखिन लालायित छन् । यसै बिच नेपाली लोक गीत संगीत क्षेत्रमा निरन्तर अघि बढिरहेका लोक गायक पुस्कल शर्माको नया गित “तिम्रो थर मेरो थर” शुक्रबार बजारमा सार्वजनिक भयको छ। उक्त गीत सार्वजनिक हुनु भन्दा अघि नै टिकटकमा अत्यन्तै भाइरल भइसकेको थीयो ।
गीतमा गायक पुस्कल शर्मा र बोल माया गीत बाट चर्चामा आएकी गायिका शान्ति श्री परियारको आवाज सुन्न सकिन्छ ।
गीतको कथा र निर्देशक भने पुस्कल शर्माले स्वयं नै गरेका हुन् भने अजय रेग्मीको छायांकन रहेको छ । दीपक बिष्टको सम्पादनमा रहेको उक्त गितमा पुस्कल शर्मा र साबी थापा नयाँ जोडीको अभिनय देख्न सकिन्छ ।
उक्त गीतलाई पुस्कल शर्माले आफ्नै आधिकारिक युट्युब च्यानल मार्फत बजारमा सार्वजनिक गरेका हुन ।
पछिलो समय लोकदोहोरी गीत गाउने विभिन्न प्लेटफर्महरूमा पनि निर्माण भएका छन् । युटुव र फेसबुक मेसेन्जरमा पनि दोहोरी गीत गाउने हजारौं समुह छन् । दोहोरी गीतहरूका विभिन्न रियालिटि सोले लोकदोहोरी गीत प्रतिको सबैको मोह बढाएको छ ।
अहिले देश विदेशका कार्यक्रममा लोकदोहोरी गीत कै गायक गायिकाको माग बढि भएकोले आधिकांश गायक सर्जक स्टेज कार्यक्रमबाट लाखौ आम्दानी गर्न सफल भएका छन् ।
भिडियो हेर्नुहोस् :
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology