काठमाडौँ । फिल्म 'मुगलान’ को फस्टलुक पोस्टर सार्बजनिक गर्दै प्रदर्शन मितिको घोषणा गरिएको छ । रेहान प्रोडक्सनको ब्यानरमा बनेको फिल्म ‘मुगलान’ को प्रदर्शन आगामी पुस १० गतेकालागि तोकिएको छ ।
सार्वजनिक फस्टलुक पोस्टरमा अभिनेता प्रभात पाल र अभिनेत्री स्मारिका ढकाललाई ग्रामीण भेषभूषामा देखाइएको छ । प्रभातले बासुरी बजाउन लागेको जस्तो देखिन्छन् भने स्मारिका लजालुपनमा छिन् ।
फिल्मको पोष्टरले नेपाली गाउँ समाज र परदेश पृष्ठभूमि समेटिएको संकेत गरेको छ । आशिष ढकालले लेखन तथा निर्देशन गरेको यो फिल्ममा प्रभात र स्मारिकासहित श्री शिवांशु, दिनेश डिसी, मोती सुबेदी, रामचन्द्र अधिकारी, खड्ग बहादुर पुन मगर (ख.ब.पु.), राजु राज सोनी, रश्मी भट्ट, जीवन गौतम, सबिन बास्तोला लगायतको अभिनय रहेको छ ।
फिल्म ‘मुगलान’ले युवाहरूको परदेशको सपना, गाउँघरको प्रेम र संघर्षको कथा उजागर गर्ने जनाइएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology