Logo

२०८३, कार्तिक २९गते


images
images

एनपीएलमा प्लेअफको रोचक समीकरण

एनपीएलमा प्लेअफको रोचक समीकरण

images
  • एनपीएलमा प्लेअफको रोचक समीकरण
    images

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको लिग चरण अन्तिमतिर पुग्दा प्लेअफको समीकरण रोचक बनेको छ । सात खेल खेलिसकेको सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सले प्लेअफमा आफ्नो स्थान सुरक्षित गरेका छन् ।

    images
    images
    images

    अंकतालिकामा सुदूरपश्चिम ७ खेलमा ५ जित र २ हारसहित १० अंक जोडेर शीर्ष स्थानमा रहेको छ । त्यस्तै, लुम्बिनी ६ खेलमा ४ जित, १ हार र १ खेल नतिजाविहीन हुँदै ९ अंकसहित दोस्रो स्थानमा छ । लुम्बिनीले एक खेल खेल्न बाँकी रहे पनि प्लेअफमा स्थान पक्का गरिसकेको छ ।

    images
    images
    images

    तेस्रो स्थानमा रहेको काठमाडौं गोर्खाजको प्लेअफ पुग्ने सम्भावना बलियो देखिएको छ । काठमाडौंले ६ खेलमा ४ जित र २ हारसहित ८ अंक जोडेको छ । बाँकी एक खेल जितेमा काठमाडौंको प्लेअफ यात्रा थप सहज हुनेछ ।

    images
    images

    चौथो स्थानमा रहेको चितवन राइनोजले ६ खेलमा ३ जित, २ हार र १ खेल नतिजाविहीन हुँदै ७ अंक जोडेको छ । चितवनको पनि एक खेल बाँकी छ । बाँकी खेलमा जित हासिल गरेमा चितवनले प्लेअफमा स्थान बनाउने सम्भावना बलियो हुनेछ ।

    पाँचौँ स्थानमा रहेको विराटनगर किंग्सका लागि भने अन्तिम खेल निकै महत्त्वपूर्ण बनेको छ । विराटनगरले ६ खेलमा ३ जित र ३ हारसहित ६ अंक जोडेको छ । प्लेअफको सम्भावना कायम राख्न विराटनगरले आफ्नो अन्तिम खेल जित्नैपर्ने दबाब छ ।

    विराटनगर पराजित भएमा काठमाडौं गोर्खाज र चितवन राइनोज प्लेअफमा पुग्नेछन् । त्यसैले विराटनगरको अन्तिम खेलले प्लेअफमा पुग्ने बाँकी दुई टोलीको टुंगो लगाउनेछ ।

    यसैबीच जनकपुर बोल्ट्स, कर्णाली याक्स र पोखरा एभेन्जर्स भने प्लेअफ दौडबाट बाहिरिएका छन् ।

    जनकपुरले ७ खेलमा २ जित र ५ हारसहित ४ अंक जोडेको छ । कर्णालीले ६ खेलमा २ जित र ४ हारसहित ४ अंक बनाएको छ । त्यस्तै पोखरा ६ खेलमा एक जित र ५ हारसहित २ अंकमा सीमित छ ।

    कर्णाली र पोखराको एक–एक खेल बाँकी रहे पनि उनीहरू शीर्ष चारमा पुग्ने दौडबाट बाहिरिएका छन् ।

    लिग चरणका बाँकी खेलमा अब सबैको ध्यान काठमाडौं, चितवन र विराटनगरको प्रदर्शनमा केन्द्रित हुनेछ । सुदूरपश्चिम र लुम्बिनीले प्लेअफ यात्रा सुनिश्चित गरिसक्दा अन्तिम दुई स्थानका लागि यी तीन टोलीबीच प्रतिस्पर्धा भइरहेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।