काठमाडौं । आउँदो कात्तिक ६ गते भाइटीकामा रिलिज हुने नेपाली चलचित्र ‘वरिष्ठ बलराम’ यतिबेला चर्चामा छ। चलचित्रको गीत ‘न्यौली बनैमा’ युट्युबमा सार्वजनिक भएको दुई हप्तामै ५२ लाखभन्दा बढी पटक हेरिएको छ।
प्रशान्त शिवाकोटीको शब्द-संगीतमा प्रशान्त र शान्तीश्री परियारले गाएको गीतमा विजय बराल र समृद्धि अर्यालको रोमान्टिक जोडी देखिन्छ। विजयको नृत्य र अभिनयले दर्शकको ध्यान खिचेको छ।
चार दिनअघि सार्वजनिक ट्रेलरले पनि १३ लाखभन्दा बढी भ्यूज पाएको छ। ट्रेलरमा देखिएको दयाहाङ राई र विजय बरालको टकराब दर्शकले मन पराएका छन्।
सुरेन्द्र पौडेल निर्देशित चलचित्रमा दयाहाङ, विजय, समृद्धि, पशुपति राईलगायतको अभिनय छ।
गीत र ट्रेलरको लोकप्रियताले ‘वरिष्ठ बलराम’ बाट बक्स अफिसमा राम्रो व्यापारको अपेक्षा गरिएको छ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology