Logo

२०८३, आश्विन ९गते


images
images

चलचित्र

प्रदर्शनरत फिल्म ‘वरिष्ठ बलराम' को मर्मस्पर्शी गीत 'मायाले रुवायो’ सार्बजनिक

प्रदर्शनरत फिल्म ‘वरिष्ठ बलराम' को मर्मस्पर्शी गीत 'मायाले रुवायो’ सार्बजनिक

images
  • प्रदर्शनरत फिल्म ‘वरिष्ठ बलराम' को मर्मस्पर्शी गीत 'मायाले रुवायो’ सार्बजनिक
    images
    images

    काठमाडौं । प्रदर्शनरत चलचित्र ‘वरिष्ठ बलराम’को नयाँ गीत ‘मायाले रुवायो’ सार्वजनिक भएको छ । कात्तिक ६ गते तिहारको भाइटीकाका दिनबाट प्रदर्शनमा आएको चलचित्रको नयाँ गीत निर्माणपक्षले सार्वजनिक गरेको हो ।

    images
    images
    images

    हलमा दर्शकले राम्रो साथ दिइरहेका बेला चलचित्रको अर्को गीत सार्वजनिक भएको हो । गीतमा अस्मिता अधिकारी, प्रशान्त शिवाकोटी र टीकाराम श्रेष्ठको स्वर छ । शब्द तथा संगीत प्रशान्त शिवाकोटीको छ ।

    images
    images
    images

    वियोगान्त गीतमा प्रेम जोडीबीचको वियोगको कथा छ । प्रेममा रहेको जोडी एकाकार हुन नसक्दा भएको वियोगको पीडालाई गीतमा समेटिएको छ । वियोगको छटपटी कसैले नबुझ्दाको पीडालाई मर्मस्पर्शी शब्दसहित गीतमा चित्रण गरिएको छ ।

    images
    images
    images

    सिनेमाको कथा भन्ने गीतले दर्शकको मन छुन्छ । भिडियोमा सिनेमाका मुख्य दुई कलाकार विजय बराल र समृद्धि अर्यालको अभिनय छ । यही चलचित्रको अर्को  गीत ‘न्यौली बनैमा’ दर्शकले रुचाउँदा एक करोडभन्दा धेरै भ्युज पाइसकेको छ ।

    चलचित्र ‘वरिष्ठ बलराम’ले दुई करोड रुपैयाँ ग्रसकलेक्सन गरेको छ । पाँच दिनमा ‘वरिष्ठ बलराम’ले दुई करोड रुपैयाँ ग्रसकलेक्सन गरेको हो ।  

    चलचित्र ‘वरिष्ठ बलराम’लाई सुरेन्द्र पौडेलले निर्देशन गरेका छन् । वृषभ सिद्धी इन्टरटेनमेन्ट को प्रस्तुतिमा आन्भी फिल्म्सको सहकार्यमा बनेको यो चलचित्रमा दयाहाङ राई, विजय बराल, समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङ, भोलाराज सापकोटा, रामबाबु रेग्मी, प्रदीप कुमार चौधरी (पीके)लगायत कलाकारहरूको अभिनय छ ।

    चलचित्रको कथा र सम्पादन निर्देशक पौडेलकै रहेको छ भने पटकथा महेश दवाडी ले लेखेका हुन् । निर्मातामा आशिष एच तामाङ र श्रीराज कार्की, कार्यकारी निर्मातामा प्रदीप जी धामी र पुष्कर बी. घिमिरे छन् । लाइन प्रोड्युसर राम विष्ट हुन् । मनकृष्ण महर्जन को छायांकन, प्रशान्त सिवाकोटी को संगीत, सम्राट बस्नेत को एक्सन निर्देशन र प्रदीप लामो को नृत्य निर्देशन रहेको चलचित्रलाई उपत्यकामा डीसीएन र उपत्यका बाहिर कुवेर सिने डिस्ट्रीब्युसनले वितरण गरेको छ ।

    गीतको लिंक: https://youtu.be/G6yIV0z1ndE

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # वरिष्ठ बलराम
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।