Logo

२०८३, आश्विन १२गते


images
images

मधेश प्रदेश

मधेश प्रदेश सांसद सिंहसहित १६ जनाविरुद्ध भ्रष्टाचारको मुद्धा दायर

मधेश प्रदेश सांसद सिंहसहित १६ जनाविरुद्ध भ्रष्टाचारको मुद्धा दायर

images
  • मधेश प्रदेश सांसद सिंहसहित १६ जनाविरुद्ध भ्रष्टाचारको मुद्धा दायर
    images
    images

    जनकपुरधाम । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरी क्षेत्र नम्बर ४ ख बाट निर्वाचित जसपा नेपालका मधेश प्रदेश सभा सदस्य सरोज कुमार सिंहसमेत १६ जनाविरुद्ध भ्रष्टाचार सम्बन्धी आरोपपत्र दायर गरेको छ ।

    images
    images
    images

    अख्तियारले प्रदेश सांसद सिंह समेतले बिभिन्न उपभोक्ता समितिहरु गठन गरी उक्त उपभोक्ता समितिको खाताहरुमा जम्मा भएको रकम आफ्नो स्वकीय सचिव बिनोद कुमार लाल कायस्थमार्फत झिक्ने र झिक्न लगाएर आफ्नो र श्रीमतीको नाममा रहेको संयुक्त खातामा जम्मा गरेको स्वकीय सचिव कायस्थ समेतको खातामा रकम जम्मा गरी गराई घुस लिएको देखिएको जनाएको छ ।

    images
    images
    images

    अख्तियारले मधेश प्रदेश सभा सदस्य तथा मधेश प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयका पूर्व राज्यमन्त्री सिंहलाई ३८ लाख ५० हजार ३१९ बिगो तोकेको छ भने धर्मशाला निर्माण उपभोक्ता समितिका अध्यक्ष यमुना प्रसाद महतो र कोषाध्यक्ष कौशिल्या देवीलाई एक लाख ८५ हजार २६० बिगो तोकेको छ ।

    images
    images
    images

    त्यस्तै धर्मशाला एवं रामनारायणको घरदेखि रामबृक्षको गाछीसम्म निर्माण उपभोक्ता समितिको अध्यक्ष योगिन्दर महतो र कोषाध्यक्ष सुनयना कुमारीलाई ६ लाख ५७ हजार ७ सय, धर्मशाला एवं रामनारायणको घरदेखि रामबृक्षको गाछीसम्म निर्माण उपभोक्ता समितिको अध्यक्ष योगिन्दर महतो र कोषाध्यक्ष सुनयना कुमारीलाई २ लाख १४ हजार ३५०, माईस्थान मन्दिरको सौन्दर्यकरण उपभोक्ता समितिको अध्यक्ष राम शरण खत्वे र कोषाध्यक्ष बिभा देवी खत्वेलाई एक लाख ५० हजार, कञ्चनियामाई मन्दिर सौन्दर्यकरण निर्माण उपभोक्ता समितिको अध्यक्ष रमेश मडर र कोषाध्यक्ष अमलेश कुमारीलाई एक लाख ५१ हजार ४०० बिगो तोकेको छ ।त्यस्तै रधवा पिपलदेखि सहसौला अनेरभाट देखि जनता प्रा.वि. हुँदै लक्ष्मीनीयासम्म माटो ग्राभेल निर्माण उपभोक्ता समितिका अध्यक्ष भुपेन्द्र कुमार झालाई १८ लाख ९१ हजार ९००रधवा पिपलहुँदै अनहेरभाट स्थानसम्म सडक स्तरोन्नती निर्माण उपभोक्ता समितिका अध्यक्ष शम्भु कुमार मण्डललाई ३ लाख एक हजार ९१५, रधवा पिपलदेखि सहसौला अनेरभाट देखि जनता प्रा.वि. हुँदै लक्ष्मीनीयासम्म माटो ग्राभेल निर्माण उपभोक्ता समिति र रधवा पिपलहुँदै अनहेरभाट स्थानसम्म सडक स्तरोन्नती निर्माण उपभोक्ता समितिको कोषाध्यक्ष मन्जु देवी पासमानलाई २१ लाख ९३ हजार ८१५ बिगो तोकेर विशेष अदालत काठमाडौँमा विहिबार मुद्धा दायर गरेको छ ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।