Logo

२०८३, आश्विन ९गते


images
images

पुनर्निर्माण गरिएको जिरी माध्यमिक विद्यालय चिनियाँ राजदुतबाट हस्तान्तरण

पुनर्निर्माण गरिएको जिरी माध्यमिक विद्यालय चिनियाँ राजदुतबाट हस्तान्तरण

images
  • पुनर्निर्माण गरिएको जिरी माध्यमिक विद्यालय चिनियाँ राजदुतबाट हस्तान्तरण
    images
    images

    दोलखा । चीनले २०७२ साल वैशाखमा गएको विनाशकारी भुकम्पले पूर्णरूपमा ध्वस्त बनेको जिरी माध्यमिक विद्यालयको पुनर्निर्माण गरिदिएको छ ।चिनियाँ राजदुत चेन सोंगले विहिबार पुनर्निर्माण गरिएको विद्यालय भवन हस्तान्तरण गरे ।

    images
    images
    images

    उनले जिरी माध्यमिक विद्यालय आधिकारिक रूपमा नेपाललाई हस्तान्तरण गर्न पाउँदा खुसी व्यक्त गर्दै नेपालका युवा पुस्तालाई राम्रो सिकाइ वातावरण प्रदान गर्ने दश उपहार विद्यालय प्याकेजहरू मध्ये यो एक रहेको बताएका छन् ।

    images
    images
    images

    हाटडाँडामा अवस्थित जिरी माध्यमिक विद्यालयमा चीन सरकारले १ अर्ब ३९ करोड ३८ लाख ५२ हजार लगानी गरेर पुनर्निर्माण गरेको छ । २०७२ सालको विनाशकारी भूकम्पले ध्वस्त विद्यालयको पुनर्निर्माण हुन करिब एक दशक पछि भए पनि विद्यालयले ढिलो भएपनि जिल्लामै उत्कृष्ट र सुविधायुक्त कक्षा-कोठा सहितको विद्यालय भवन पाएको हो । चाइना एडमार्फत निर्माण गरिएको विद्यालय परिसरमा कुल ७ वटा आधुनिक भवन रहेका छन् । ती भवनमा ४१ वटा कक्षा कोठा, छात्र तथा छात्रावास, शिक्षक आवास, सभा हल, पुस्तकालय, शैक्षिक तथा प्रशासनिक भवन, कम्प्युटर ल्याब, नृत्य कक्ष, चित्रकला कोठा र चमेनागृह  रहेका छन् ।

    images
    images
    images

    २०८० साल वैशाख ४ गते शिलान्यास गरिएको उक्त विद्यालयको निर्माण कार्य दुई वर्षभित्रै सम्पन्न भएको हो । नयाँ कक्षा कोठामा विद्युतीय बोर्ड, पावर सर्किट, पर्याप्त उज्यालो, र प्रत्येक विद्यार्थीका लागि डेस्क-बेञ्चको व्यवस्था गरिएको छ । भवन जिरीको भौगोलिक तथा मौसमीय अवस्थालाई ध्यानमा राखी निर्माण गरिएकोले सुविधासम्पन्न मात्र नभई पर्यावरणमैत्री समेत छ ।

    चीन सरकारको अनुदान सहयोग निर्माण सम्पन्न उक्त भवनले पर्यटकीय नगर जिरीलाई शैक्षिक हवको रूपमा चिनाउने अनुमान गरिएको छ ।

    विद्यालयमा हाल कक्षा १२ सम्म ५ सय ११ भन्दा बढी विद्यार्थी अध्ययनरत छन् । दोलखाका अधिकांश पालिकाका साथै काठमाडौं, रामेछाप र सोलुखुम्बु लगायत जिल्लाबाट समेत विद्यार्थीहरु अध्ययन गर्न आउने गरेका छन् । विद्यालयसँग तीन सय रोपनीभन्दा बढी जग्गा भएकाले होस्टेलमा बस्ने विद्यार्थीका लागि तरकारी उत्पादनदेखि ‘कमाउँदै पढ्ने’ अभियान सञ्चालन गर्ने योजना समेत अघि सारिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।