Logo

२०८३, कार्तिक २९गते


images
images

डिजी युथ कांग्रेस

जेनजी विद्रोहलाई शंकाले नहेरौं, यसको लाभ कांग्रेसले लिन सक्छ : प्रदीप पौडेल

जेनजी विद्रोहलाई शंकाले नहेरौं, यसको लाभ कांग्रेसले लिन सक्छ : प्रदीप पौडेल

images
  • जेनजी विद्रोहलाई शंकाले नहेरौं, यसको लाभ कांग्रेसले लिन सक्छ : प्रदीप पौडेल
    images

    काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले जेनजी विद्रोहलाई शंकाका रूपमा होइन, अवसरका रूपमा लिनुपर्ने बताएका छन् । सानेपामा जारी केन्द्रीय समिति बैठकमा उनले पुस्तान्तरण र रुपान्तरणसहितको प्रस्ताव प्रस्तुत गर्दै यसलाई आत्मसात् गरेमा कांग्रेसले आगामी चुनावमा बहुमत ल्याउन सक्ने दाबी गरे ।

    images
    images
    images

    उनका अनुसार जेनजी विद्रोहले उठाएका भ्रष्टाचार अन्त्य, सुशासन, रोजगारी र आर्थिक विकासजस्ता मुद्दा जायज छन् । ‘हामीले पूर्ण प्रजातान्त्रिक अभ्यास गर्न नसकेको र भ्रष्टाचार मौलाएको कारण युवा विद्रोह भएको हो,’ उनले भने, ‘यसलाई सम्बोधन गर्न सके कांग्रेसले सबैभन्दा बढी लाभ पाउनेछ ।’

    images
    images
    images

    पौडेलले पार्टीको कमजोरीको निष्पक्ष समीक्षा गरी सुधारको बाटो रोज्नुपर्ने बताए । उनले खर्चिलो संघीय संरचना पुनर्संरचना गर्दै संघीय संसद् २०१ सदस्य र मन्त्रिपरिषद् १५ सदस्यमा सीमित गर्न, प्रदेश सभा र सरकारको आकार ४० प्रतिशतले घटाउन र स्थानीय तह ४०० मा सीमित गर्न प्रस्ताव गरे ।

    images
    images

    युवाको सहभागिता बढाउन उनले ‘डिजी युथ कांग्रेस’ गठन र वडादेखि केन्द्रसम्म युवा सहभागिता सुनिश्चित गर्ने योजना प्रस्तुत गरे । साथै, पार्टी सदस्यता प्रणाली एकरूप बनाउने, प्राइमरी प्रणालीबाट उम्मेदवार छनोट गर्ने र प्रधानमन्त्री उम्मेदवार पहिल्यै तोकेर चुनावमा जानुपर्ने सुझाव दिए ।

    पौडेलले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता नीति अपनाउन, २०४६ पछि पदमा बसेका सबैको सम्पत्ति छानबिन गर्न र श्रोत पुष्टि नभएको सम्पत्ति राष्ट्रियकरण गर्नुपर्ने प्रस्तावसमेत राखे । उनले पार्टीको विशेष महाधिवेशन छिटो सम्पन्न गरी नयाँ पुस्तालाई नेतृत्वमा ल्याउनुपर्नेमा जोड दिए ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।